Comments Add Comment

श्रेष्ठले बुझे घर आउने टिकेट

१७ वैशाख, काठमाडौं । आइएमई र क्योदाई रेमिटेन्सको घर जाने हर्ष’ योजना अन्तर्गतको पहिलो हप्ताका विजेताले नेपाल आउने टिकेट बुझेका छन् ।

ime-kyodaiयोजनाका प्रथम विजेता कान्साइको क्योटोमा अध्यनरत बिजय श्रेष्ठले क्योदाइ रेमिटेन्स ओसाकाको नामबास्थित कार्यालयमा नेपाल आउने जाने टिकेट बुझेका छन् ।

टिकेट परेको अवधिबाट एक वर्षभित्र आफ्नो सुविधाअनुसार मिति तय गरेर आवत-जावत गर्न पाउने व्यवस्था छ ।

श्रेष्ठले लाभदायी योजना ल्याएकोमा क्योदाई रेमिटेन्स र आइएमईप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

जापानस्थित क्योदाईको कान्साइको ओसाकास्थित शाखाबाट १ लाख रुपैयाँ पठाएका श्रेष्ठले जापान-नेपालका लागि एउटा राउण्ड ट्रीप हवाइ टिकेट जितेका थिए ।

नयाँ वर्ष २०७३ को अवसरमा अपि्रल १ देखि लागु हुने गरी ३ महिने योजना ल्याइएको छ ।  हरेक हप्ता सˆटवेर पद्वातिमा आधारित गोलाप्रथाबाट नतिजा सार्वजनिक हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment