Comments Add Comment

नायक-नायिकाको व्यस्तता, स्टारडम भन्दा विकल्प नहुनु मुख्य कारण

jiwan rishi and om dai
नेपाली चलचित्रका नायक-नायिकाको व्यस्तताको मापन के हो ? स्टारडम, चिनजान वा विकल्प नहुनु । धेरै निर्माता आफ्नो चलचित्रका लागि नयाँ नायिकाको खोजीमा हुन्छन् । तर, केही महिना दौडिदा पनि नपाएपछि कुनै नाम सुनिएकी नायिका लिएर चलचित्र बनाउँछन् ।

यहाँको अवस्था अहिले यस्तै नै छ । धेरैका लागि नायिका र केहीका लागि नायक खोज्नु फलामे चिउरा चपाए जस्तै भएको अवस्था छ । निर्देशक ऋषि लामिछानेले चलचित्र ‘उजेली’का लागि नायिका खोजेको महिनौ भैसक्यो । अब उनको दिमाग नयाँ अनुहार भन्दा पनि पुरानै कोहीलाई लिएर चलचित्र बनाउने सोचमा जान थालेको छ । तर, नयाँको खोजी भने भैरहेको छ ।
धेरै नायक-नायिका बक्स अफिसमा असफल छन्, तर पनि उनीहरुको व्यस्तता घटेको छैन । अहिले हेर्ने हो भने अधिकांश निर्माता नयाँ नायिकाकै खोजीमा हुन्छन् । नायक भन्दा नायिकाको विकल्प धेरै खोजिन्छ यहाँ ।

तर, नायिका खोज्नु सजिलो काम भने छैन । अधिकांश नयाँ अनुहार चित्त वुझ्दो नै आउँदैनन्, आएका पनि काम गर्न सक्दैनन् । यसैले पनि होला, धेरै निर्माता कलाकार फेरिरहन्छन् ।
अहिले धेरै नेपाली नायिकाको व्यस्तता स्टारडमले भन्दा पनि चिनजानको आधार र अन्य विकल्प नहुँदा नै भएको पाइन्छ । केही नायक पनि वैकल्पिक नायकको रुपमा चलिरहेका छन् । जसलाई लिएर चलचित्र चल्छ भन्नेमा निर्माता पनि विश्वा राख्दैनन् । कोही, सस्तो बजेटमा चलचित्र बनाउनका लागि पनि सामान्य चिनिएका कलाकारमाथि लगानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment