Comments Add Comment

राष्ट्रिय एकताका लागि एमाओवादीले विपक्षी दलसँग छलफल गर्ने

संविधान कार्यान्वयनका लागि सहमतिमा जोड

UCPN-Maoist-Meeting
एमाओवादी स्थायी समिति बैठकमा सहभागी नेताहरु । तस्वीर: प्रचण्डको सचिवालय

१७ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति र एकता आवश्यक रहेको निष्कर्ष निकाल्दै सबै राजनीतिक दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको स्थायी समिति बैठकले सरकार बाहिर रहेका नेपाली कांग्रेस, मधेस केन्द्रित र आदिवासी जनजाती दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो । राष्ट्रिय सहमति र राष्ट्रिय एकताले मात्र वर्तमान समस्याको समाधान गर्न सक्ने एमाओवादीको निष्कर्ष छ ।

लाजिम्पाटस्थित अध्यक्ष प्रचण्डको निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाओवादी महासचिव कृष्णबहादुर महराले भने, ‘नेपाली कांग्रेस लगायत सरकारभन्दा बाहिर रहेका पार्टीहरुसँग छलफल गर्ने र जनजाति मधेसवादीहरुसँग पनि छलफल र बहस गर्छौं । राष्ट्रिय सहमति र राष्ट्रिय एकता आवश्यक छ भन्ने हाम्रो पार्टीको निश्कर्ष छ ।’

उनले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति र राष्ट्रिय एकता आवश्यक रहेको धारणा राखे ।

स्थायी समिति बैठकले विभाजित माओवादी पार्टी, शक्ति र व्यक्तित्वहरुसँग पार्टी एकताका लागि गम्भीर रुपले छलफल र बहसलाई तिब्र पार्ने निर्णय पनि गरेको महराले जानकारी दिए । ‘पार्टी एकता र ध्रुबीकरणका निमित्त हाम्रो पार्टीले छलफललाई तीब्र पार्ने निर्णय गरेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment