Comments Add Comment

गजल

राज बस्नेत

जिज्ञासा विना ज्ञान मिल्दैन
नगरी सेवा सम्मान मिल्दैन ।

Raj-Basnetआफ्नो मात्र खुसी चाहानेलाई
मन्दिरमानि भगवान मिल्दैन ।

अचम्म कसैलाई दर्जनौ मिल्दा
कसैलाई एउटा सन्तान मिल्दैन ।

जति नै सम्पति कमाए पनि हेर
मरेपछि महल चिहान मिल्दैन ।

उमार्नु पर्छ ढुङ्गामाथि बिरूवा
संसारमा सबै मैदान मिल्दैन ।

– खोटाङ, धारापानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment