Comments Add Comment

युएईमा ज्यान गुमाएका भण्डारीको परिवारलाई ५२ हजार सहयोग

युएई । युएईका बिभिन्न सेक्युरिटी कम्पनीमा कार्यरत नेपालीहरुको संस्था नेपाली सेक्युरिटी समाज युएईलेसमुद्रमा डुवेर निधन भएका झापाका भभिनाथ भण्डारीको परिवारलाई  ५२ हजार नगद सहयोग गरेको छ ।

Bhabhinath-Bhandari
मृतक भण्डारी

समाजका केहि सदस्यहरुको पहलमा बिभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले सहयोग गरेको ५२ हजार २९४ रुपैया स्वर्गीय भण्डारीकी छोरी नमुना भण्डारीको खातामा जम्मा गरिएको नेपाली सेक्युरिटी समाजले बिज्ञप्तिमार्फत जानकारी दिएको छ ।

एकबर्षअघि सेक्युरिटी गार्डकोरुपमा युएई आएका उनकोकेहि समयअघि समुद्रमा डुवेर निधन भएको थियो ।

भण्डारीको कमाईबाट आश्रति परिवारमा उनको निधन भएपछि समस्या परेको बुझेर सहयोग गरिएको समाजले प्रष्ट पारेको छ । समाजले युएईमा रहेका अन्य व्यक्ति तथा संस्थाले पनि सहयोग गर्न इच्छुक रहेमा नमुना भण्डारी को नेपाल बैंक दमक साखाको खाता नम्बर १९६०११०६२०३७७५०००००१ मा पैसा जम्मा गर्न सक्ने जनाएको छ ।

सेक्युरिटी समाज युएईले यसअघि पनि कामको शिलसिलामा मृत्यु भएका नेपाली सेक्युरिटी, मृगौला पीडित तथा भूकम्पपीडित नेपालीहरुलाई सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment