Comments Add Comment

दुबईमा निधन भएका धनबहादुरको शव नेपाल पुग्यो

Death-Body-1
दुबई । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा गत अप्रिल १४ तारिख मध्यरातमा निधन भएका चितवन दारेचोक- ३ लेवाटारका धनबहादुर मगरको शव बिहीबार नेपाल पुगेको छ ।

फ्लाई दुबईमार्फत साँझ करीब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको शव बिमानस्थलबाट मृतकका बुवा कमलसिंह मगर भाइ अनमोल मगरसहित आफन्तले बुझेका थिए ।

दुबईको सर्तिस गार्डीङ सर्भिस कम्पनी मार्फत जाबेल अली फ्री जोन भित्र पिको इन्टरनेसनल कम्पनीमा सेकुरिटी गार्डको रुपमा कार्यरत २६ वर्षीय मगर ४ साल अघी दुबई आएका हुन् ।

घटनाको दिन पनि स्वस्थ अवस्थामा डिउटी गरेर फरेका मगर रातीको खानापछि सदा झै आफ्नै कोठामा सुतेका थिए । मध्यरातमा अचानक हृदयाघात भएपछि एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको उनलाई अस्पतालले तत्कालै मृत घोषाणा गरेको थियो ।

घटनाको सूचना पश्चात बिछिप्त बनेका परीवारले शवको प्रतिक्षा गरीरहेका थिए । बिहीबार राति शव पुगेकोले आज शुक्रबार दाहसंस्कार गरिएको पारीवारीक स्रोतले जानकारी गराएका छन् ।

घटनापछि परीवार र उनी कार्यरत कम्पनीबीच सूचना आदान-प्रदान र सहजीकरण गर्न कम्पनीमा कार्यरत रमेश कार्की, गंगाबहादुर कुमाल र मदन राइले सहयोगी भूमिका निभाएका थिए भने मदन राइले शव नेपाल पुर्याइ परिवारलाई हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment