Comments Add Comment

पूर्वाञ्चलमाथि आर्मीको शानदार जित

Army-Football

१७ वैशाख, काठमाडौं । राष्ट्रिय महिला फुटबलको सुपर लिगमा नेपाल आर्मीले पूर्वाञ्चलमाथि शानदार जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा आर्मीले पूर्वाञ्चललाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले पहिलो मिनेटमा नै गोल गरेको थियो । आर्मीका सपना लामाले गोल गरिन् ।

आठौं मिनेटमा कविता धिमालले गोल गरिन् भने १९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

पहिलो हाफमा ३-० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा पनि तीन गोल थप्यो । ४५ औं मिनेटमा इन्दिरा राईले गोल गरिन् भने ६६ र ९० औं मिनेटमा शर्मिला थापा मगरले गोल गरिन् ।

जितसँगै आर्मी ६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको पुलिस र तेस्रो स्थानमा रहेको एपीएफको समान ३-३ अंक छ भने पूर्वाञ्चल अंकविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment