Comments Add Comment

सिड्नीमा ड्रीम्सको भब्य शो, अनमोललाई बिवाहको प्रस्ताव

anmol-and-bhuwan-kc-2
अष्टेलिया  । जब शुक्रबार साँझ सिड्नीको टाउन हलमा रहेको ईभेन्ट सिनेमाको परिसरमा नेपाली सिनेमाका ‘हट केक’ अनमोल केसी देखा परे, तब उनलाई छुन र उनीसँग तस्बिर खिचाउन चाहने नेपालीहरूको हुल नै उर्लियो ।विशेष गरेर अध्यनका लागि अष्ट्रेलिया आएका नेपाली विद्यार्थीहरूको उपस्थितिलाई थेग्नै गार्हो भयो त्यहाँ  । नेपाली चलचित्र हेर्न विद्यार्थीहरूको यस्तो भिड पहिलोपटक देखेको कुराले पनि त्यहाँ चर्चा पायो ।

चलचित्र ड्रीम्सको शोको लागि आफ्ना पिता तथा सदाबहार नायक भूबन केसीका साथ अष्टेलिया  आएका अनमोलको अष्टेलिया यात्रा यो पहिलो पटक थियो ।

‘पहिलोपटक नै यति धेरै माया पाएँ की यो मायालाई म भूल्न सक्दिन’ अनमोलले अनलानखबरसँग भने । शो सुरू हुन ढिला भैसकेको थियो, तैपनि भूबन केसी र अनमोल केसीसँग तस्बिर खिचाउने दर्शकहरूको संख्या घटेको थिएन ।
कुनाबाट नारी आवाज आयो ‘आई लभ यू अनमोल । यू म्यारिड मी …? ‘ बाठा अनमोलले पनि तुरून्त जबाफ दिईहाले -‘ तपाईं मलाई माया गर्नुहुन्छ म तपाईंलाई माया गर्छु , बिबाह भन्दा ठूलो भएन र यो …’
anmol-and-bhuwan-kc
आयोजकले सिड्नीमा तीन शो मात्र सोचेकोमा भीड नघटेकोले थप शो गर्नेतिर पनि सोच बनायो । ‘फिल्म सांच्चै गजबको रहेछ, मन छोयो’ फिल्म हेरेपछि केशव सापकोटाले भने ।

अधिकांश दर्शकहरूले चलचित्रको बिषयवस्तु र अनमोल केसीको काम मन परेको प्रतिक्रिया दिए । यो चलचित्रलाई अष्टेलियामा ल्याएर आफूले स्वादिलो नेपाली चलचित्र हेर्न खोज्ने अष्टेलियाबासी नेपालीहरूको ईच्छा पूरा गरेकोमा खुशी लागेको कुरा बताए आयोजकले ।

चलचित्रका निर्देशक तथा निर्माता भूबन केसी पनि कम दंग छैनन । उनी भन्दै थिए,’चलचित्र जस्तै सालिन र भद्र नेपाली दर्शकहरू पाएँ मैले, चलचित्र मन पराई दिनुभयो, आनन्द लागेको छ ।’ अब यो चलचित्र थप दुई शो सिड्नीमा चल्ने भएको छ भने त्यसपछि अष्टेलियाका अन्य शहरहरूमा पनि प्रर्दशन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment