Comments Add Comment

प्राधिकरणद्वारा भूकम्पपीडितको घर बनाउन ११ अर्ब ६७ करोड निकासा

reconstruction-punarniraman१७ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्पपीडितको घर बनाउने अनुदानका लागि ११ अर्ब ६७ करोड ७९ लाख रुपैयाँ निकासा गरेको छ ।

अनुदान सम्झौताका लागि योग्य घरधनीहरुलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन रकम निकासा भएको हो । गोरखा, मकवानपुर, धादिङ, नुवाकोट सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, दोलखा, रसुवा, ओखलढुंगा र सिन्धुलीमा जिल्ला समन्वय समितिले प्रकाशन गरेको पीडितको सूचीअनुसार रकम दिन प्राधिकरणले रकम निकासा गरेको हो ।

प्राधिकरणले आवास अनुदानतर्फ अहिलेसम्म १२ अर्व, ५९ करोड ७८ लाख ४२ हजार रुपैयाँ निकासा गरिसकेको छ । पूँजीगत शिक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सहरी विकास, स्थानीय विकास, सिँचाइ, खानेपानी तथा सरसफाई, उद्योग, वन तथा भू-संरक्षण, रक्षा, कृषि मन्त्रालय र सडक विभागबाट पेश भएका कार्यक्रम स्वीकृत गेर रकम निकासा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment