Comments Add Comment

ठूला दलको सम्पत्ति कति ?

congress-party-office-and-u१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेससँग सात करोड रुपैयाँ बैंक व्यालेन्स रहेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले बताए ।

क्रियाशील सदस्यको शुल्क र सांसदबाट यो रकम उठेको उनी बताउँछन् । कांग्रेसले प्रतिसांसद पाँच हजार लेबी लिन्छ  । कांग्रेसका दुई सय ६ सांसद छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

कांग्रसको अचल सम्पत्ति पनि धेरै रहेको छ । उसको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा रहेको छ । ६ रोपनी जग्गामध्ये ४२ कोठाका चार चले भवन रहेको छ ।

काठमाडौंको रविभवनमा कांग्रेसको नाममा २४ आना जग्गा र दुईतले भवन रहेको छ ।

कांग्रेसको केन्द्रीय कार्यालयसँग पार्टीको सम्पत्तिको सबै विवरण छैन । ६५ जिल्लामा आफ्नै भवन र आफ्नै जग्गा रहेको कांग्रेसको अनुमान मात्र छ ।

एमालेसँग कति छ ?

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेसँग दुई अर्व रुपैयाँबराबरको अचल सम्पत्ति  छ । चलनचल्तीको मूल्य अनुसार एमालेको केन्द्रीय , अञ्चल, जिल्ला, नगर, क्षेत्र र गाउँ कमिटीसम्मको नाममा एक अर्ब ६३ लाखभन्दा बढीको जग्गा र भवन छ ।  सवै सम्पत्ति सहयोगीबाटै जोडिएको एमालेको दावी छ ।

दूई वर्ष अघि तत्कालीन कार्यालयका सविच पृथ्वि सुव्वा गुरुङले देशभरका पार्टीको नाममा रहेको सम्पत्ति लगत दिन तलका कमिटीलार्य पत्राचार गरेका थिए ।

एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार २०५१ मा मदननगर बल्खुमा जनसहयोगमा केन्द्रीय कार्यालय भनव निर्माण भएको थियो । नौ रोपनी एक आना जग्गामा निर्मित पाँच तलाको भवन भूकम्पले भत्किएको छ ।

चलनचल्तीको मूल्य अनुसार सो सम्पत्तिको मूल्य ३४ करोड रुपैयाँ पर्ने पार्टीको सम्पत्ति विवरण संकलन गरेका सुव्वाको भनाई छ ।

maoist-party-officeएनेकपा माओवादीमाा लथालिंग

एमाअेवादीसँग आफ्नै पार्टीको  देशव्यापी चल अचल सम्पत्ति कति छ भन्ने व्यवस्थित तथ्यांक छैन ।

केन्द्रीय कार्यालयले त्यस्तो सम्पत्ति विवरण संकलन गर्न पटक पटक प्रयास गरे पनि नसकिएको केन्द्रीय लेखा आयोगका प्रमुख डिरप्रसाद उपाध्यायले जानकारी दिए ।

एमाओवादी केन्द्रीय कार्यलयले आफ्नै कार्यालय भित्रकै चल अचल सम्पत्तिको विवरण राख्न सकेको छैन ।

एमाओवादीको पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालय समेत भातृसंगठन अखिल नेपाल ट्रेड युनियनको नाममा छ । त्यसमध्ये १२ आना जग्गा भने एमाअेवादीको नाममा छ ।

एमाओवादीको झन्डै दुई दर्जन जिल्लामा पार्टीका नाममा कार्यालय भवन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment