Comments Add Comment

अब पार्टी दर्ता गर्न ५ सय हस्ताक्षर भए पुग्ने

१८ वैशाख, काठमाडौं । निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्दा अब १० हजार हस्ताक्षरको झन्झट हट्ने भएको छ ।

Election-Commision-of-Nepalआयोगले विधेयकमा अब ५ सय मतदाताको नागरिकतासहित हस्ताक्षर पेस गर्नु पर्ने प्रावधान प्रस्ताव गरेको छ ।

आयोगमा दर्ता भएका दलले वाषिर्क लेखा परीक्षण प्रतिवेदन नबुझाएकै कारण धमाधम दल दर्ता खारेज भइरहेको अवस्थामा दर्ता अझै सजिलो पारेको अाजको नागरिक दैनिकमा समाचार छ ।

पाँच सयको हस्ताक्षरमा  दल दर्ता हुनु उपयुक्त नभएको सांसदहरुले टिप्पणी गरेका हुन् । सांसद भीमप्रसाद आचार्यले पाँच सहय हस्ताक्षरण्को आधार के? भन्दै संख्या बढाउनु पर्नेमा वजोड दिए । सांसद रामेश्वर फुयाँलले पाँच सयको सट्टा एक हजार हस्ताक्षर हुनु पर्न सुझाए ।

प्रस्तावित विधेयकमा कुनै दलको सदस्यता पाउन नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको भए सजाय भुक्तान गरेको मितिले दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment