Comments Add Comment

कसरी प्रहरीले अपराधी पक्राउ गर्छ ?

१८ वैशाख, काठमाडौं । सल्यानमा केही दिन अगाडी यौन आवेगमा एक २० वर्षयि युवकले ४ जनाको हत्या गरे । जसलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

Nepal-Police-Logoउक्त हत्याकाण्डको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरले पनि प्रहरीलाई महत्वपूर्ण सहयोग गरेको थियो । भुन्टी नामक ट्रायकर कुकुर ठ्याक्कै घटनास्थलबाट अभियुक्तको घरमा पुगेर अडिएपछि स्थानीय सर्वसाधरणसमेत चकित बने । आखिर कसरी समाउँछ, कुकुरले अपराधी ? आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाल प्रहरीको केन्द्रीय कुकुर विद्यालयका डिएसपी प्रमोद भट्टका अनुसार गन्धका आधारमा कुकुरले अपराधी पक्राउ गर्न सहयोग गर्छ ।

मानव छालाबाट हरेक मिनेटमा ४० हजार पुराना कोष र्झछन् र नयाँ बन्छन् । त्यस्ता कोष एकदमै सानो हुने भएकाले मानव आँखाले देख्न सकिँदैन् ।

कोषमा विभिन्न तीन किसिमका रससमेत मिसिएको हुन्छ । तिनै रसको गन्धका आधारमा कुकुरले अपराधी पत्ता लगाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment