Comments Add Comment

प्रचण्ड-बादल सम्बन्धमा सीता र नैनकलाको छायाँ !

सीताले आत्महत्या गर्छु भनेपछि बादलले श्रीमती छाडेनन्

Prachanda-Badalप्रचण्ड र बादल कुनै बेला आफूलाई चिनियाँ सांस्कृतिक क्रान्तिका पक्षपाती ठान्थे । कुनैबेला प्रचण्ड-बादलले मार्क्स र एंगेल्सजस्तो सम्बन्ध बनाउन खोजेका थिए । तर, यस्तो बेला पनि आयो, केन्द्रीय समिति बैठकमै बादलले आत्माआलोचना गर्नुपर्‍यो ।

जतिबेला अध्यक्ष प्रचण्ड थिए र सङ्गठनको कमान्ड महासचिव बादलको हातमा थियो । त्यहीबेला राजनीतिक घटनाक्रम र पार्टीजीवनमा उथल-पुथल भयो, प्रचण्ड-बादल सम्बन्धविच्छेद भयो ।

शान्तिप्रक्रियायता पार्टीभित्र प्रचण्डको एकलौटीपन बादललाई खासै मन परेको थिएन । उनले धोबीघाटमा गएर वैद्य-बाबुराम-नारायणकाजीसँग गठबन्धन बनाउनुको कारण पनि यही थियो ।

जनयुद्धको सुरुसँगै देखापरेको प्रचण्ड-बादलबीचको मनमुटाव पार्टी विभाजनसँग आउँदा धेरै उतार-चढावबाट गुजि्रयो ।  मगर जातिबाट आएका बादल र ब्राहृमण जातिका प्रचण्डबीचको झगडा पनि पेचिलो नै हुन गयो । मिल्दा पनि धेरै मिल्ने उनीहरु र झगडा गर्दा पनि उत्तिकै गर्थे । भिन्दै परिवेश र संस्कारसहित आएका यी दुई नेताको नारायणी नदीको किनारामा मिलन भयो । तर, पछि दुई नेताको सम्बन्ध नारायणी नदीको दुई किनाराजस्तो बन्यो ।

माओवादीका पुराना नेता भक्तबहादुर श्रेष्ठ  बादल-प्रचण्ड सम्बन्धबारे भन्थे, ‘सँगै हिँड्थे, गजबको एकता थियो ।’

Netra panthiबादललाई प्रचण्ड प्रस्तावक अनि अमिक शेरचन समर्थक भएर पार्टी सदस्यता दिएका थिए । तर, जब पार्टीभित्र एकपछि अर्को गर्दै बादलले प्रचण्डलाई चुनौती दिन थाले, यी दुईबीचको सम्बन्धमा क्रमशः दरार पर्न थालेको इतिहास छ । र त्यसमा आगो थप्यो बादलमाथि लागेको ‘सांस्कृतिक विचलन’को आरोपले ।

‘जब बादलजीलाई कारबाही भयो, त्यतिबेला मनमुटाव त भइहान्ले भो,’ माओवादी नेताहरु भन्दथे, ‘तर अनुशासनको कारवाही निःशर्त बादलले स्वीकार गर्नुभयो र पार्टी नीतिमै चल्नुभयो । पछि उहाँको कारबाही फिर्ता पनि भयो ।’

प्रचण्ड बादललाई कारवाही गर्दा रोएका थिए । कारवाहीको केही समयपछि बादल पुनः पार्टीको जिम्मेवारीमा फर्केका थिए ।

चुनवाङ बैठकमा आरापे प्रत्यारोपसँग आलोचना आत्मआलोचाना गरे प्रचण्ड-बादल दुबैले । विगतका तीता मीठा अनुभूति भुलेर नयाँ सम्बन्ध बनाएका थिए । तर , ०६२ असोज कात्तिकको चुनवाङ बैठकमा लागेको मल्हम ०६८ मै उक्कियो । चुनवाङपछि प्रचण्ड-बादल सम्बन्धमा धमिरा लागेको ०६८ मै हो ।

त्यसबेला एक अर्कालाई हेर्ने दृष्टिकोण पहिलेभन्दा फरक भयो, अविश्वास र शङ्का पनि । प्रचण्डले बादललाई विश्वास गर्न छाडे । बादलले प्रचण्डसँग भेटेर मनका कुरा गर्न चाहेनन् । एकले अर्कोप्रतिको शंका नै समस्या बन्यो ।

आफूविरुद्धको धोबीघाट गठबन्धनमा बदल सहभागी भएकोमा प्रचण्डको असन्तुष्टि थियो । आपसी अविश्वास बढ्दै गयो, ०६९ असारमा औपचारिकरुपमै सम्बन्धविच्छेद भयो । पेरिसडाँडा हेडक्वार्टरमा रहेको बादलको कोठा बुद्धनगरमा सर्‍यो ।

बादल (यौनजन्य) कारवाही परेका बेला बादल-नैनकलाबीच तनाव भयो । सम्बन्धविच्छेदको तहमा जाने हो कि भन्नेसम्म भयो । तर , बादल-नैनकला सम्वन्ध टुट्नुहुँदैन भनेर सीताले भूमिका खेलिन्, अड्डी कसिन् ।

‘लिनप्याओवाद प्रवृत्ति’ मूल नेतृत्वलाई सिध्याउने प्रवृत्ति मानिन्छ कम्युनिष्ट विचारधारामा  । यस्तो संगीन आरोपसहित आफूमाथि कारवाही गरेपछि प्रचण्डप्रतिको विश्वास घट्यो बादलमा । यसले प्रचण्ड-बादल सम्बन्धलाई निकै नराम्रोसँँग बिगार्‍यो, जुन कुरा बादलले चुनवाङ बैठकमा प्रस्टका साथ राखे ।

वादलले भनेका थिए, ‘पार्टी निर्माण गर्दा हामीले बाचा गरेका थियौं, दुनियाँका सबै जल्लादले जतिसुकै आँधीबेहरी सृष्टि गरे पनि हाम्रो आत्मीय सम्बन्ध कहिल्यै टुट्ने छैन । हामी सिद्धिनेछौं, तर झुक्ने छैनौं, टुट्ने छैंनौं । यसपटक त्यो वाचा स्मरण पनि गर्‍यौं । तर, कमरेडहरु हुरी आयो, तुफान आयो र ती हुरीबतासले हामीमा दरार पैदा गर्‍यो । त्यो दरारबाट धेरै धमिरा पसे र आज हाम्रो पार्टी र हाम्रो समबन्ध धमिरा लागेको सम्बन्ध बन्यो ।’

बादलले प्रचण्डको नेतृत्वलाई चुनौती दिनेगरी बाबुराम, पम्फा भुसाललगायतका नेताहरुसँग छलफल गरेको भन्ने अपुष्ट कुरा युद्धकालमा हुने गर्थे । तर, यसलाई आधार मानी बादललाई ‘लिनप्याओवादी प्रवृत्ति’ प्रतिनिधि-पात्रका रुपमा पार्टीमा आन्तरिक निर्देशिका जारी गरियो । यो बादलका लागि चित्त अप्रसन्नताको कुरा भयो । यो विषय चुनवाङ बैठकमा सच्याइयो ।

सीता र नैनकलाको छायाँ

बादलपत्नी नैनकलाकै योजनामा प्रचण्डको ५० औं ‘बर्थ डे’ मनाइएको थियो दिल्लीमा । सीता र नैनकलाले त्यसबेला टोपबहादुर रायमाझीको दिल्लीको रोहणीस्थित डेरामा गएर ‘बर्थ डे’ को कार्यक्रम तय गरेका थिए । टोपबहादलुरकी पत्नी सीमाले समन्वय गरेकी थिइन् । नेतापत्नीहरुको इच्छा पूरा गरिदिन ५० औं जन्मदिवस मनाएका थिए प्रचण्डले ।

आफ्ना पतिहरुको सम्बन्धलाई राम्रो बनाउन चाहन्थे सीता र नैनकला । तर, कहिलेकाहीँ केही घटनाले पत्नीहरुबीच पनि मनमुटाव गराउँथ्यो ।

सीता र नैनकलाबीचको ‘टकराव’ पनि दुई नेताको सम्बन्धमा केही समस्या गराउन सहयोगीजस्तै भयो । प्रचण्ड-बादलको जस्तो सम्बन्ध हुन्थ्यो, त्यसको असर सीता नैनकलामा पनि देखिन्थ्यो ।

सीताले र नैनकला आफ्ना श्रीमान प्रचण्ड-बादलको सुरुवाती दिनका लोभलाग्दो सम्बन्धले पार्टीका अन्य नेताका पत्नीहरुलाई समेत सुनाउँथे । अवस्था यस्तोसम्म थियो, शिक्षकको जागिर छाडेर प्रचण्ड भूमिगत भए । प्रचण्डको परिवार ठूलो थियो । बादलको परिवार हुनेखाने थियो । बादलको परिवार कहिलेकाँही प्रचण्डको परिवारलाई सहयोग गथ्र्योर् । नैनकला आफैं पनि जान्थिन् सीताकहाँ कोसेली बोकेर । आवश्यक सहयोग चाहिन्छ कि भनेर सोधिखोजी गर्थिन् ।

जब आचरणको विषयमा बादलमाथि कारवाही भयो, सीता नैनकला सम्बन्धमा पनि समस्या आयो । ‘बाहुन बाठा हुन्छन्, कतै बाहुनहरुले मेरो श्रीमानलाई जानीजानी बिगारेका त होइनन् ?’ नैनकलाको शंका हुन्थ्यो

बादलले पनि समस्या केही हुँदैन, हल गर्छौं’ भनेर प्रचण्डलाई पूर्णकालीन हुन उत्साह थपेका थिए । जनयुद्धभन्दा पहिला सीतालाई साडी उपहार दिन्थिन् नैनकला । हङकङबाट आफूलाई दाइहरुले उपहार ल्याइदिएका हुन्थे, नैनकला सीतासम्म पुर्‍याउँथिन् ।

जब आचरणको विषयमा बादलमाथि कारवाही भयो, सीता नैनकला सम्बन्धमा पनि समस्या आयो । ‘बाहुन बाठा हुन्छन्, कतै बाहुनहरुले मेरो श्रीमानलाई जानीजानी बिगारेका त होइनन् ?’ नैनकलाको शंका हुन्थ्यो, यो कुरा उनी पार्टीका अन्य नेताका पत्नीसँग बेलाबेलामा भन्थिन् ।

एकपटक सीता दिल्लीमा थिइन् । नैनकलाले उनको बसाइ र खर्चको विषयमा कुरा उठाइन् । त्यसबेला उनीहरुबीच राम्रो सम्बन्ध थिएन ।

बादल (यौनजन्य) कारवाही परेका बेला बादल-नैनकलाबीच तनाव भयो । सम्बन्धविच्छेदको तहमा जाने हो कि भन्नेसम्म भयो । तर , बादल-नैनकला सम्वन्ध टुट्नुहुँदैन भनेर सीताले भूमिका खेलिन्, अड्डी कसिन् ।

‘सम्बन्धविच्छेदको कुरा कहाँबाट आयो ? तपाईंलाई दुःखमा साथ दिइन्, अहिले सुट भइनन् रे । यो भएन, त्यो भएन भन्न कसरी पाइन्छ ? कसरी अर्को बिहे गर्न पाइन्छ ? यो हुँदैहुँदैन । यो निर्णय भए जे पनि हुनसक्छ,’ प्रचण्ड बादलसँग भएका बेला सीता कड्किइन् ।

जब सीताले ‘आत्महत्या गर्न सक्ने धम्की दिइन्, बादल-नैनकलाबीचको तनाब टुङ्गियो ।  त्यसपछि शिक्षकबाट राजीनामा गरिन् नैनकलाले । अनि पार्टी काममा हिँडिन् बादलसँगै ।

बादल-नैनकला सम्बन्धविच्छेद भए भविश्यमा आफूसहित पार्टीका सबै नेताका पत्नीमाथि खतरा हुने देखिन् सीताले । यस्तो चासोसहित सीता नैनाकलाको पक्षमा लडिन् । यो घटनापछि सीता-नैनकला समबन्ध सुमधुर भयो ।

एकपटक प्रचण्डले ‘बाबुरामसँग मिलेर पार्टी विभाजन गर्न खोजेको र हेडक्वार्टर कब्जा गर्न खोजेको  आरोप’ बादलमाथि लगाए । बादलले वैद्य र बाबुरामलाई उक्साएको प्रचण्डको शंका थियो । अनन्त पनि त्यो गुटमा लागेको भनेपछि उनलाई हटाए प्रचण्डले । त्यसबेला फेरि सीता-नैनकला सम्बन्धमा समस्या आयो ।

बादलले ‘मेरो श्रीमान्लाई हटाउन षडयन्त्र गरे’, भन्ने सीतालाई लागेछ । त्यसपछि सीता-नैनकलाबीच सम्बन्ध राम्रो भएन ।

(पत्रकार पन्थीको किताब ‘डिभोर्स’ बाट । शीर्षक हामीले दिएका हौं- सं)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment