Comments Add Comment

भारतीय उद्योगपति विजय माल्याको नेपाल कनेक्सन खोजी

१८ वैशाख, काठमाडौं । भारतीय अनुसन्धानकर्ताहरुले विवादको घेरामा रहेका उद्योगपति विजय माल्याको नेपाल कनेक्सन खोजी सुरु गरेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआई र प्रवर्तन निर्देशनालय इर्डीले माल्याको प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेका कम्पनीहरुबारे अनुसन्धान थालेको हो । यस्ता कम्पनीको संख्या ४० आसपास रहेको अनुमान गरिएको छ ।

नेपालसहित नेदरल्याण्ड, बेलायत, दक्षिण अफि्रका र चीनमा यस्ता कम्पनी रहेको दाबी छ । साथै विभिन्न देशमा माल्याको अचल सम्पत्ति रहेको आशंका समेत भारतीय अधिकारीहरुले गरेका छन् ।

माल्याले किङ्गफिसर एयरलाइन्सको नाममा आईडीबीआई बैंकबाट ९०० करोड ऋण लिएका छन् । उनले यो रकम नतिरेका छैनन् । र, इयरलाइन्सका नाममा लिएको यो रकम विभिन्न देशमा लगानी गरेको आशंका गरिएको छ ।

माल्या हाल लण्डनमा छन् । भारतीय विदेश मन्त्रालयले उनको पासपोर्ट रद्द गरिदिएको छ । र, उनलाई  भारतसमक्ष बुझाउन आग्रह गर्ने तयारी भइरहेको छ ।

माल्याले भने आफूले केही रकम तिर्न खोजेको तर, बैंकले नलिएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment