Comments Add Comment

साताभरमा २३ अंकले बढ्यो नेप्से परिसूचक

stock-nepse-market१८ वैशाख, काठमाडौं । लगातार बढिरहेको सेयर बजार बढ्ने क्रम यो साता पनि रोकिएन । यो साताभरमा परिसूचक २३.२४ अंकले बढेर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४६५ अंकमा पुगेको छ ।

साताभरमा पाँच दिन सेयर करोबार हुँदा एक दिन मंगलबार ८.६४ अंकले घट्यो भने चार दिन लगातार बढ्यो ।साताको पहिलो दिन आइतबार नेप्से सूचक १२.६८ अंकले बढ्यो भने सोमबार ७.४ अंकले बढ्यो ।

त्यस्तै, बुधबार ५.२७ अंकले र बिहीबार ६.५३ अंकले बढेको छ ।   सूचकसँग कारोबार पनि बढेपछि पुँजी बजारको पुँजीकरण पौने १६ खर्ब रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरुको उपसूचक १३८६ अंकमा पुगेको छ भने विकास बैंक समूहको सूचक १४१८, विकास बैंक समूहको सूचक १४६५, बीमा समूहको सूचक ६ हजार ५ सय ४१ अंक, जलविद्युत समूहको सूचक २२ सय ५८ अंकले र विकास बैंक समूहको सूचक ७१९ अंकमा पुगेको छ ।

बैंकहरुमा अधिक तरलता थुपि्रएपछि व्याजदर घट्दा त्यसको सकरात्मक असर सेयर बजारमा परेको विश्लेषकहरु बताउँछन् । लगानीका अन्यत्र क्षेत्र नभएको अवस्थामा बैंकहरुले सेयर धितो कर्जामा लगानी बढाउनु र व्याज सस्तो भएकाले लगानीकर्ताहरु पनि बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्न उत्साहित हुनुले सेयर बजार बढाएको उनीहरुको तर्क छ ।

त्यसैगरी, अभौतिक सेयरको कारोबार, सर्वसाधारणले बजारको गहिराई हेर्न पाउने व्यवस्थालगायतमा नियामक धितोपत्र बोर्डले गरेका नीतिगत सुधारले पनि सेयर बजारमा बहार ल्याएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment