Comments Add Comment

साताभर सुनको मूल्य १७ सय महंगियो

gold-silver-600X300१८ वैशाख, काठमाडौं । यो साता सुनको भाउ १७ सय रुपैयाँले बढेको छ । साताको सुरुमा सुनको भाउ सामान्य बढेपनि अन्तिम दिनतिर भने उल्लेखनीय वृद्धि देखा पर्‍यो ।

शुक्रबार एकैदिन सुनको भाउ १२ सय रुपैयाँले बढेको छ । साताको पहिलो दिन ५४ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुन अन्तिम दिन शुक्रबार ५६ हजार ५ सय रुपैयाँमा किनबेच हुन पुग्यो ।

अमेरिकी गैह्रकृषि बेरोजगार दर ४२ वर्षयताकै सबैभन्दा कम रही अनुकल अवस्था रहेपनि यो वर्षको पहिलो त्रैमासिक गार्हस्थ उत्पादन दुई वर्ष यताकै खराब स्थितिमा पुगेकाले डलर सामान्य अवमूल्यन भएपछि सुरक्षित लगानीका लािग सुनको माग चुलिँदा भाउ बढेको हो ।

अर्कोतिर अमेरिकी संघिय बैंकले ब्याजदर साविक नै कायम गरेपछि यसले हाललाई कमसेकम ३ महिनासम्म ब्याजदर नबढ्ने आंकलन विश्लेषकहरुले गरेका छन् । जसले गर्दा पनि सुनको मागमा सुधार देखिएको छ ।

Goldआम अपेक्षा विपरीत जापानको केन्द्रीय बैंकले मौदि्रक नीतिमा कुनै परिवर्तन नगरेपछि ऋणात्मक ब्याजदर नै निरन्तर जारी रहन पुगेकाले पनि सुरक्षित लगानीका लागि सुनको मागमा सुधार भई भाउ चुलिन गएको नेपाल सुनचाँदी व्यवसायी महासंघको ठहर छ ।

चाँदीको स्थानीय बजार मूल्य पनि अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै उकालो लागेको छ । साताको पहिलो दिन आइतबार तोलाको ७ सय ७५ रुपैयाँमा किनेबच भएको चाँदी अन्तिम दिन शुक्रबार ८ सय रुपैयाँमा किनबेच भएको छ ।

यही नै क्रम जारी रहेमा अमेरिकी डलरको उतार-चढाव जारी रहने र यसको कारण सुनको आगामी हप्ताको मूल्यमा पनि उतार चढाव जारी रहने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment