Comments Add Comment

सांसद कोषबाट सञ्चालित योजना अन्तिम चरणमा

१८ वैशाख, भद्रपुर । सांसद विकास कोषको चार करोड ८० लाख रूपैयाँबाट सञ्चालन भइरहेका २७७ योजनाका काम निरन्तररुपमा अगाडि बढेको जिल्ला विकास समितिले जनाएको छ ।

फाइल फोटोझापा जिल्लामा स्वीकृत योजनामा १३६ वटा योजना सम्पन्न भएर दुई करोड ७६ लाख भुक्तानी भइसकेको योजना शाखाका कर्मचारी डिल्ली नेपालले जानकारी दिए ।  सम्पन्न हुन बाँकी योजना आगामी असार १५ गतेभित्र पूरा गर्न जिविसबाट निर्देशन पनि भइसकेको छ ।

सांसद कोषबाट निर्माण गरिने योजनाअन्तर्गत दुई लाखसम्मका योजना नगरपालिका र गाविसको खातामा रकम पठाइसकेको बताइएको छ भने दुई लाखभन्दा माथिका योजना जिल्ला विकास समितिबाटै भुक्तानी हुने व्यवस्था मिलाइएको छ । जिल्लामा दुई लाख रूपैयाँभन्दा माथिका ४७ वटा योजना सञ्चालनमा छन् ।

निर्वाचित सात जना र समानुपातिक १७ जना सांसद रहेको यस जिल्लामा प्रत्येक सांसदले विकासका लागि पाउने २० लाख रूपैयाँ जिल्लाको योजनामा खर्च गर्ने प्रावधानअनुसार सांसद दीपक कार्कीको नौ वटा, लोकमणि ढकाल र मिलनकुमार राजवंशीको आठ÷आठ वटा तथा अन्य सबै सांसदको १२ वटाका दरले योजना छनोट भई निर्माण कार्य तीव्र गतिमा भइरहेको जनाइएको छ ।

सांसद विकास कोषबाट सम्पन्न हुने योजनामा सम्बन्धित सांसदको स्थानीय विकास अधिकारी खेमराज ओझाको टोलीले पनि समय समयमा अनुगमन गरिरहेकाले विकासमा गुणस्तर कायम रहने अधिकारी ओझाको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment