Comments Add Comment

स्मार्टफोन तथा ट्याबलेटसँग हार्दैछ कम्प्युटर

tablet_सन् २०१५ मा विश्वमा साढे १९ करोड मानिसले ल्यापटप खरीद गरे भने १२ करोड ९० लाख मानिसले डेक्सटप कम्प्युटर खरीद गरे । जबकी सोही एक वर्षमा विश्वमा १ अर्ब ४२ करोड ४० लाख मानिसले स्मार्टफोन खरीद गरेका छन् ।

सन् २०१५ ट्याबलेटको लागि पनि ऐतिहासिक वर्ष रह्यो । यो साल ३३ करोड २० लाख गोटा ट्याबलेट विश्वभर बिके । यो भनेको डेक्सटप र ल्यापटप दुबैको बिक्रि भन्दा धेरै हो ।

मानिसहरुको रोजाइ तथा स्मार्टफोन र कम्प्युटरको बिक्रिबीचको अन्तरलाई हेर्दा लाग्छ कम्प्युटरलाई हेर्ने नजर तिब्र रुपमा परिवर्तन हुँदैछ ।

स्मार्टफोनमा जब जब उत्कृष्ट ब्याट्री तथा प्रविधिमा सुधार भैरहेको छ स्मार्टफोन धेरै भन्दा धेरै मानिसहरुको साथी बन्दैछ ।
स्मार्टफोनका लागि किबोर्डको आवश्यकता पर्दैन र जहाँ गयो त्यहीँ लैजान गाह्रो हुँदैन ।

मानिसहरुमा क्लाउड स्टोरेजप्रति विश्वास बढ्दै जाँदा स्मार्टफोन तथा ट्याबलेटले कम्प्युटरको ठाउँ ओगट्दैछ ।

जुन स्टोरेजका लागि तपाइँलाई कम्प्युटर तथा ल्यापटपको आवश्यकता हुन्थयो, त्यसको काम क्लाउड स्टोरेजबाट भैरहेको छ ।

नेटफि्लक्समा तपाइँले ती सबै फिल्म देख्न पाउनुहुन्छ जसका लागि तपाइँले सिडी खरीद गर्नु आवश्यक पर्दथ्यो । रोकू लागायतका अनलाइन सर्भिसमार्फत तपाइँले दर्जनौँ च्यानल अनलाइन सब्सक्राइब गर्न सक्नुहुनछ ।

women_technology_computerयद्यपि ल्यापटपका पारखीहरु अझैपनि उसको स्टोरेजका साथै स्त्रिmन साइजप्रतिको मोहबाट अलग हुन सकेका छैनन् । कतिपय ल्यापटपमा २५० जिबीसम्मको स्टोरेज प्राप्त हुन्छ । जबकी राम्रो ट्याबलेटमा बढिमा ६४ जिबी ।

माइक्रोसफटले सार्वजनिक गरेको नयाँ टयाबलेटमा धेरै भन्दा धेरै स्टोरेज सुविधा उपलब्ध गराउने कोसिस भैरहेको छ । माइक्रोसफ्टले आफ्नो ट्याबलेटमा २५६ जिबीको स्टोरेज दिएको छ ।

यसलाई हेर्दा अब स्टोरेजको मामिलामा ल्यापटप वा डेक्सटप नै रोज्ने दिन सकिएका हुन् की भन्ने लाग्छ । किनकी अब ट्याबलेटमै कम्प्युटरमा जत्ति नै स्टोरेज उपलब्ध हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment