Comments Add Comment

साउदीको एक कम्पनीले ५० हजार कामदार हटायो

saudi company१८ वैशाख, काठमाडौं । साउदी अरेबियाको सबैभन्दा ठूलो कम्पनीमध्ये एक बिनलादेन समूहले ५० हजार कामदारलाई एकैपटक जागिरबाट निकालेको छ ।

कच्चा तेलमा आएको गिरावटले साउदी अरेबियाले ठूलो क्षति बेहोर्नुपरेको छ । यसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न सरकारले विभिन्न उपाय अपनाइरहेको छ ।

हुन त साउदीको जेद्दास्थित अरब न्युजका सम्पादक रिवाज वाहब सरकारले उठाएको कमदसँगग  बिनलादेन समूहको कमादार कटौतिको कुनै सम्बन्ध नरहेको बताउँछन् ।

उनकाअनुसार गत सेप्टेम्बरमा १ सय ७ जानको ज्यान जानेगरी भएको एक क्रेन दुर्घटनामा दोषी ठहर गर्दै सरकारले कम्पनीमाथि रोक लगाएको थियो । यस्तो अवस्थामा कर्मचारीलाई कामबाट निकाल्नुबाहेक अर्को कुनै  विकल्प कम्पनीसँग नभएको पत्रकार वाहावको दावी छ ।

बिनलादेन समूह त्यही परिवारले चलाउँछ, जसको सम्बन्ध अलकायदाका पूर्वप्रमुख ओसमा बिन लादेनसँग रहेको विश्वास गरिन्छ ।

यो कम्पनीलाई दशकौंदेखि साउदी शाही परिवारबाट ठूला परियोजना निर्माण गर्ने जिम्मेवारी दिइँदै आएको थियो । यो कम्पनी मुस्लिमहरुको पवित्र धार्मिकस्थल मक्का महिनामा हरम शरिफ विस्तार योजनामा पनि संलग्न थियो ।

कुनैबेला यो कम्पनीमा काम गर्ने कर्मचारीको संख्या दुईलाखसम्म थियो । धेरैपटक कम्पनीका कर्मचारीले तलव नपाएको भन्दै बिरोध पनि जनाएका थिए । यसरी कर्मचारी कटौतिको निर्णय हुँदा हजारौं विदेशी कामदार पनि प्रभावित भएका छन् ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment