Comments Add Comment

साउदीको एक कम्पनीले ५० हजार कर्मचारीलाई जागिरबाट निकाल्यो

mecca-construction-site

१८ वैशाख, काठमाडौं । साउदी अरबका ठूला कम्पनी मध्येको एक बिनलादिन समूहले ५० हजार मानिसलाई जागिरबाट निकालेको छ ।

कच्चा तेलको मूल्यमा आएको भारी गिरावटले साउदी अरबलाई ठूलो घाटा भएको छ र, यससँग जुध्न सरकार प्रयासरत छ ।

न्यूज अरबका सम्पादक सिराज वहाब भने बिनलादिन समूहको निर्णयको साउदी अरबको आर्थिक अवस्थासँग कुनै लिनुदिनु नभएको बताउँछन् । उनका अनुसार गत सेप्टेम्बरमा मक्काको मस्जिदमा भएको क्रेन दुर्घटनामा १०७ जनाको मृत्यु भएपछि यो कम्पनी दोषी ठहर गरिएको छ र सरकारले रोक लगाएको छ ।

यस्तो कम्पनीसँग आफ्नो कर्मचारीहरुलाई विदा गर्नु बाहेक अरु विकल्प नभएको उनले बताएका छन् ।

बिनलादिन समूह त्यही परिवारले चलाउँछ, जसमा अलकायदाका पूर्व नेता ओसामा बिन लादेनको सम्वन्ध थियो ।

यो कम्पनीले दशकौंदेखि साउदी शाही परिवारबाट ठूलो निर्माण ठेक्का पाउँदै आएको थियो, जसमा मक्काको विस्तार परियोजना पनि पर्छ ।
यो कम्पनीमा एक समय कर्मचारीको संख्या २ लाख थियो ।

पटक पटक केही कर्मचारीले समयमा तलब नपाएको भनेर विरोध पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment