Comments Add Comment

गुल्मीको वडागाउँमा भीषण आगलागी, ३० घर जल्यो

aagolagi

१८ वैशाख, गुल्मी । गुल्मीको वडागाँउमा भीषण आगोलागी भएको छ । वडागाउँ गाविसको वडा नं. १ र २ दजाकोट भन्ने स्थानमा सिङ्गो गाउँमा लागेको आगोलागीबाट ३० भन्दा वढी घर जलेर नष्ट छ ।

स्थानिय सामुदायिक वनबाट फैलिएको आगो वस्तीमा पुग्दा घर जलेको स्थानिय बिमल छन्तेलले बताए ।

आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको छ । प्रहरी प्रशासन र स्थानीय जनताले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेता पनि हावा हुरीका कारण आगो नियन्त्रण भन्दा वाहिर गएको छ ।

पानीको अभावका कारण आगो निभाउने काममा लागि परेका उद्धारकर्मीलाई समेत समस्या भइरहेको जानकारी आएको छ । आगोलागीको क्षतीबारे बिस्तृत जानकारी आउँन बाँकी छ ।

जिल्लाको थानपति गाविसको खनिया रुख भन्ने स्थानमा लागेको आगोबाट २ गोठ र केहि घरमा आशिंक क्षती भएको स्थानीय दामोदर पोखरेलले बताए ।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment