Comments Add Comment

गर्भवती महिला पेट काटेर बच्चा चोरी ! न्यायाधीशले सुनाए १०० वर्ष जेल सजाय

Dynel-lane

अमेरिकाको कोलोराडोमा एक महिलालाई गर्भवती महिलाको पेट काटेर करीब ८ महिनाको भ्रुण निकालेको अपराधमा १०० वर्ष जेल सजाय सुनाइएको छ ।

मिशेल विल्किजको हत्या प्रयास र उनको बच्चालाई मारेकोमा डायनल लेनलाई अदालतले दोषी ठहर गरेको हो । उनलाई बच्चालाई मार्ने प्रयासको अभियोग भने लगाउन सकिएन , किनकी बच्चा जीवत रहेको प्रमाण थिएन ।

३६ वर्षकी लेनले केही महिनासम्म गर्भवती भएको नक्कल गरेकी थिइन् र मानिसहरुलाई झुक्याइन । उनले मानिसहरुलाई झुक्याउन इन्टरनेटबाट अल्ट्रासाउण्डको तस्वीर पनि डाउनलोड गरेका थिए ।

Dynel-lane-1

गत वर्ष मार्चमा उनले क्रेगलिस्ट वेबसाइटमा गर्भवती महिलाका लागि कपडाको विज्ञापन गरेर २६ वर्षकी विल्किजलाई आफ्नो घरसम्म ल्याए ।

लेनले आक्रमण गरे र उनको पेटको बच्चा निकाले । मिलेश इमरजेन्सी फोन कल गर्न सफल भइन् । प्रहरी पुग्दा उनी बेहोस अवस्थामा थिइन् भने लेन फरार भइसकेकी थिइन् ।

पुलिसका अनुसार लेनले आफूसँग बस्दै आएका डेभिड रिडलेलाई भने कि उनको गर्भपात भयो । रिड लेन र बच्चालाई लिएर अस्पताल पुगे । लेनको पहिला दुई सन्तान थियो र रिडले एक बच्चा जन्माउन चाहन्थे ।

न्यायाधीश मारिया बर्केनकोटरले भनेका छन् कि आक्रमणमा भएको क्रुरतालाई हेरेर जति धेरै हुनसक्छ, त्यति सजाय दिएको बताएकी छन् ।

लेनले अदालतमा केही पनि भन्न अस्वीकार गरिन् । पीडित विल्किजले भने न्याय पाएको प्रतिक्रिया दिएकी छन् ।

लेनले भने आक्रमणका लागि न त दुःख व्यक्त गरिन् न आफनो बचाउमा नै केही भनिन् । उनकी आमाले भने अदालतमा विल्किज र उनको परिवारसँग माफी मागेका छन् र उनको बुबाले पत्रमार्फत माफी मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment