Comments Add Comment

एनआरएनए वोमन फोरूमले गोरखामा विद्यालय बनायो

school
अष्ट्रेलिया । एनआरएनए वोमन फोरूम नारी निकुन्ज अष्ट्रेलियाको सहयोगमा गोरखाको अतिबिकट महाभिर गाउँमा प्राथमिक विद्यालको निर्माण सकिएको छ। गतवर्षको भूकम्पले स्कुल भात्काएपछि यस भेगमा १० वर्ष मुनिका बालबालिकाहरु स्कुल जानबाट बन्चित भएका थिए।स्वेम्सेबक गोपाल संग्राैलाले एनआरएनए वोमन फोरमलाई अनुरोध गरेपछि संस्थाले स्कुल बनाइदिने निर्णय गरेको थियो । पुनर्निर्माणको सच्चा साझेदारको नारा दिएर सहयोगमा खटेको एनआरएन आआइसिसी को मुल्मन्त्रलाई आत्मासाथ गर्दै नारी निकुन्जले तीज मनाउने क्रममा जम्मा गरेको सहयोग रकमले स्कुल बनाउन सफल भएको हो।

नारी निकुन्ज अष्ट्रेलियाले परदेशमा चेलीहरुलाई माइतीको आँगनी दिलाउने उदेश्यले हरेक साल ‘हरितालिका’ तीज मनाउने गर्दछ। संस्थाका अनुसार तीज मनाउने क्रममा जम्मा भएको रकम नेपालमा पाठेघर घर झर्ने रोगबाट पीडित भएकाहरुको उप चारमा खर्च गरिने गरिन्छ।यो वर्ष एनआरएनको अभियानलाई सफलिभूत बनाउन संस्था सफल भएकोमा आफुलाई खुशी लागेको बताइन् । यसैगरी निकुन्ज कै सक्रियतामा यो वर्ष २५ जना पाठेघर खस्ने रोगबाट पीडित महिलाहरु को सफल शल्यक्रिया गरिसकेइेको छ।

सहयोगी हात नेपालमार्फत गत महिना उक्त शल्यक्रिया सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment