Comments Add Comment

बेलायतले आलोचना गर्दैमा ओली सरकार ढल्दैनः गच्छदार

Bijaykumar-Gachhadar

१८ वैशाख, विराटनगर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्वदेशी तथा विदेशी शक्तिको आलोचनाकै भरमा केपी ओली सरकार नढल्ने बताएका छन् ।

सरकाको कामदाई लिएर विगतका सरकारको पनि आलोचना हुने गरेको भन्दै उनले भने, ‘ओलीको नेतृत्वको सरकार पनि कसैको आलोचनाको भरमा ढल्दैन ।’

शनिबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले बेलायतको संस्ादमा सरकारको काम कारबाहीप्रति असतुष्टि राख्दै आलोचना गर्नुमा कुनै तुक छैन ।’

फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदार सरकार सञ्चालनमा विमति भएपनि राष्ट्रको मुलमुद्धामा भने सत्ता र प्रतिपक्ष एक भएर अघि वढनुपर्ने बताए । संविधानको प्राभावकारी कार्यान्वयन, कानुन निर्माण र भूकम्पले भत्किएका संरचनाहरुको पुनर्निर्माणका लागी सवै दल मिलेर अघि वढनुपर्नेमा उनको जोड थियो ।

गच्छदारले संसद नियमावली बनाउन पनि सवै दलको सहयोग आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment