Comments Add Comment

प्लास्टिक व्यवस्थापनका लागि महिलालाई सीपमुलक तालिम

plastic-training-2
१८ वैशाख, ताप्लेजुङ । सदरमुकाम क्षेत्रमा चाउचाउ र विस्कुटका खोलको फोहोर बढ्दै गएपछि यसको व्यवस्थापनका लागि ताप्लेजुङ सदरमुकाम क्षेत्रका महिलाहरुलाई प्लास्टिकको खोलबाट घरायसी प्रयोजनका सामान बनाउने तालिम दिन सुरु गरएकिो छ ।

यस्ता किसिमका प्लास्टिकका खोलहरु नसड्ने र जलाउँदा समेत वायु प्रदुषण हुने भएकाले सदरमुकाममा पाइने चाउचाउ र विस्कुटका प्लास्टिकका खोलबाट घरायसी प्रयोजनका लागि आवश्यक डाली, डालो र पिरा बनाउन स्थानीय सामुदायिक विकासका लागि वैकल्पिक समुहले महिलालाई तालिम दिन थालेको हो ।

तालिमलाई युवा तथा खेलकुद मन्त्रालयले आर्थिक सहयोगसमेत गरेको समुहका कार्यक्रम संयोजक हरीचन्द्र पौडेलले बताए । तालिममा ताप्लेजुङ नगरपालिका र नजिकैको हाङ्देवा गाविसका तीसजना महिलाहरु सहभागी छन् ।

तालिम पाँच दिन सम्म सञ्चालन हुनेछ । तालिमले  प्लास्टिकका फोहोर व्यवस्थापनमा सघाउ पुग्ने आयोजकले विश्वास लिएको छ ।

यसरी बनाइएका घरायसी प्रयोजनका सामान विक्री गरे राम्रो आम्दानी समेत गर्न सकिने संयोजक पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment