Comments Add Comment

३३ वर्षपछि भक्तपुरको सम्झना आयो अमिताभलाई

bhaktapur-amitabhमुम्बई । नेपालप्रति चासो राख्दै आएका बलिउड अभिनेता अमिताभ बच्चनले नेपालमा भूकम्प गएको एक वर्षपछि भक्तपुरको सम्झना गरेका छन् ।

भूकम्पले भक्तपुरको संरचना क्षति गराएको तर्फ संकेत गर्दै उनले ३३ वर्ष अगाडि आफैंले सुटिङ गरेको लोकेशनको सम्झना गरेका छन् । साथै उनले पूर्ननिर्माणका लागि सरकारी सहयोगको अपेक्षा समेत गरेका छन् ।

सन १९८३ मा भक्तपुरमै सुटिङ गरिएको हिन्दी फिल्म ‘महान’को केही तस्विर पनि पोष्ट गरेका छन् ।

यस रामानाथनको निर्देशन रहेको उक्त चलचित्रमा अमिताभ, जिनत अमान, परवीन भावी, वाहिदा रहमान लगायतले अभिनय गरेका छन् ।

जीनत र अमिताभले अभिनय गरेको प्यार मे दिल….बोलको गीतको सुटिङ भक्तपुरको विभिन्न रमणीय स्थानमा गरिएको थियो ।

फिल्ममा भक्तपुरका स्थानिय पनि देखिएका छन् । बक्स अफिसमा सफल रहेको उक्त फिल्ममा अमिताभले तीन चरित्र निर्वाह गरेका छन् ।

गएको वर्ष भूकम्प गएको वेला भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यायसँग टेलिफोन कुराकानी गर्दै अमिताभले भूकम्पमा परेर घरवार बिहिन भएकाप्रति सहानुभूति दर्शाएका थिए ।

साथै उनले आफ्नो मनमा नेपालको सुन्दर तस्वीर चित्रित भईरहेको उल्लेख गरेका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मार्फत नेपालका भूकम्प पीडितलाई सहयोग भन्दै ११ लाख नगद सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment