Comments Add Comment

के के छन्, अदुवा देखि तिते करेला सम्मका औषधीय गुण ? जानिराखौँ

jingerखाद्य पदार्थ केवल हाम्रो पेट भर्नका लागि वा शक्ति प्रदान गर्नका लागि मात्र उपयोगी हुँदैनन् यिनीहरुमा औषधीय गुण पनि हुन्छ ।

हामीले दैनिक रुपमा प्रयोग गर्ने विभिन्न खाद्य पदार्थमा समेत औषधीय गुण रहेको हुन्छ, जसबारेमा हामीलाई पत्तो नहुन पनि सक्छ । हामीले भोक शान्त पार्न वा स्वादका लागि मात्र यस्ता परिकार खाएका हुन्छौँ तर यस्ता खाद्यपदार्थले प्राकृतिक औषधिको काम गरिरहेका हुन्छन् । औषधीय गुण भएका दश खाद्य परिकार यस प्रकार छन् :

अदुवा: अदुवालाई सर्दी वा चिसो भगाउने औषधि नै मानिन्छ । सुख्खा खोकी लागेमा, सरीरमा चिसो घुसेमा अदुवा पोलेर मुखमा राखेर विस्तारै चपाउने वा अदुवा राखेको पिरो पिरो चिया पिउनु लाभदायक मानिन्छ ।

खुर्सानी:  खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले सरीरमा दुखाइ कम गर्छ । खुर्सानी सेवन गर्नाले दुखाइ अनुभुति गराउने रसायनको उत्सर्जन रोकिदिन्छ, जसका कारण दुखाइ कम हुन्छ ।

तिते करेला: तिते करेला मधुमेहका रोगीलाई निकै लाभदायक मानिन्छ । मधुमेहका रोगीले दिनहुँ तिते करेलाको तरकारी खाएमा सरीरमा इन्सुलिनको मात्रा सन्तुलित हुन्छ ।

मह:  महलाई सर्वोषधि वा सबै रोगको औषधि भनिन्छ । महको सेवनबाट सरीरका आन्तरिक रोगलाई निको पार्न सघाउ पुग्ने छ छँदैछ काटेको घाउमा मह दल्नाले पनि घाउ पाक्न पाउँदैन र छिटो निको हुन्छ ।

जैतुनको तेल कपालमा परेका जुम्रा निर्मूल पार्न कामयावी हुन्छ । यसले जुम्राबाट हुने इन्फेक्सन रोक्न मद्दत गर्छ ।

पैतला फुटेर हैरान हुनुभएको छ । यदि हो भने तपाइँले कालो चिया पिउने मात्र होइन कालो चियाले खुट्टा धुनुहोस् । कालो चियाले लगातार खुट्टा धुने बानी बसाल्दा खुट्टा फुट्ने समस्या हट्छ र तपाइँको पैतला मुलायम बन्छ ।

यदि गाडीमा चढ्दा वा यात्रा गर्दा उल्टी हुने समस्या छ भने कागती खानुहोस् र गाडिमा चढ्नुहोस् । गाडिमा बसिसकेपछि पनि लगातार कागती चाटिरहनुहोस् ।

यदि तपाइँको छाला घामले डढेको छ भने काँचो दूधले नियमित धुनुहोस् । जसले तपाइँको छालालाई उज्यालो बनाइदिनेछ ।

पानी पिउन मन नलाग्ने समस्या छ । त्यसो हो भने खरभुजा प्रसस्तै खानुहोस् । यसले फलफूल खानुको फाइदा सँगै पानीको कमीपनि हुन दिँदैन ।

भिन्डी मधुमेहका रोगीका लागि अचूक औषधि हो । भिन्डीलाई काटेर रातभर पानीमा राख्नुहोस् । अर्को विहान उक्त पानी भिन्डीका छोक्रा फालेर मज्जाले पिउनुहोस् । नियमित यसो गर्दा मधुमेहका रोगीलाई निके फाइदा पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment