Comments Add Comment

१० बलमा ४ विकेट ! कोलकत्तामाथि दिल्लीको सहज जित

Delhi-Daredevils-v-Kolkata-Knight-Riders

१८ वैशाख, काठमाडौं । पछिल्लो १० बलमा चार विकेट लिँदै दिल्ली डेयरडेभिल्सले इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्सलाई २७ रनले पराजित गरेको छ ।

१८७ रनको लक्ष्य पछ्याएको कोलकत्ता १८.३ ओभरमा १५९ रन जोड्दा अलआउट भयो । १७ ओभरको समाप्तीपछि कोलकत्तालाई १८ बलमा ३६ रन चाहिएको थियो र चार विकेट हातमा थियो ।

तर, १८ औं ओभरमा क्रिस मोरिसले जेसन होल्डर र रोविन उथप्पाको विकेट लिए भने अर्को ओभरमा सुनिल नारायण रन आउट भए भने जाहिर खानले उमेश यादवको विकेट लिए ।

कोलकत्ताका लागि उथप्पाले ७२ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । कोलकत्तालाई सस्तैमा समेट्ने क्रममा जाहिर खान र कार्लोस ब्रेथवेटले ३-३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १८६ रन बनाएको थियो । उसको सुरुवात निकै खराब थियो । ३२ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो ।

तर, करुन नइर र शम विलिङले पारी सम्हाले । चौथो विकेटका लागि १०५ रनको साझेदारी गरे । करुन नइरले ६८ रन बनाए भने विलिङले ५४ रनको महत्वपूर्ण पारी खेले ।

ब्रेथवेटले ३४ रन बनाए । आन्द्रे रसेल र उमेश यादवले समान ३-३ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment