Comments Add Comment

किन प्रमोशन गर्दैछन् मिलन वेनिशाको ?

Benisha-Hamal-19

यस्तो लाग्दैछ, हिजोआज निर्देशक मिलन चाम्स अभिनेत्री वेनिशा हमालको प्रमोशनमा व्यस्त छन् । वेनिशाले काम गर्ने फिल्मको प्रमोशन गर्नु उनको अर्को काम बनेको छ ।

वेनिशा अहिले अभिनेता निखिल उप्रेतीसँग फिल्म ‘किङ’मा काम गरिरहेका छन् । तर, यो फिल्मका निर्देशकलाई भन्दा बढी वेनिशाको प्रमोशन गर्ने जोश मिलनलाई आएको छ ।

उनले फिल्म ‘किङ’ छायांकनमै गएको दिन वेनिशासँगै निखिल उप्रेती, अनुप विक्रम शाही र निर्देशक सविर श्रेष्ठको तस्बिर राखेर शुभकामना दिए । उनले करिब ७ दिन अगाडि आफ्ना २ मनपर्नेलाई शुभकामना भन्दै अनुप र वेनिशाको तस्बिर राखे ।

अनुपलाई त मिलनले आफ्नो मनपर्ने कलाकार भन्नु स्वभाविक नै हो । तर, वेनिशालाई मिलन किन आफ्नो मनपर्ने कलाकार भनिरहेका छन् र यसरी प्रमोशन गरिरहेका छन् त ।

वेनिशालाई लिएर मिलन ‘हँसिया २’ निर्देशन गर्ने तयारीमा छन् । यसैले पनि उनले यी नायिकालाई यति धेरै साथ र मन पराएका हुन् । आफ्नो चलचित्रका कलाकारले काम गर्न लागेको चलचित्र चल्दा आफ्नो प्रोजेक्टलाई पनि फाइदा हुन्छ भन्ने उनको वुझाई हुनसक्छ । तर, वेनिशाको प्रमोशनमा यसरी लागेका मिलनको क्रियाकलाप भने गजबकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment