Comments Add Comment

पुनर्निर्माण नहुँदा राष्ट्रसंघ असन्तुष्ट

१९ वैशाख, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका नायब महासचिब जान इलिएस्सनले पुनर्निर्माण प्रक्रियाले गति लिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

United Nationउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग शनिबार भएको भेटमा नायब महासचिब एलिएस्सनले भूकम्प गएको एक वर्षसम्म पनि पुनर्निर्माण प्रक्रिया अघि नबढेकोप्रति चासो राखेका आजको अन्नपूर्ण पोस्टले जनाएको छ ।

इलिएस्स राष्ट्रसंघीय महासचिव वान कि मुनपछिका दोस्रो बरियाताका राष्ट्रसंघीय उच्च अधिकारी हुन् ।

भेटमा सहभागी परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलका अनुसार परराष्ट्रमन्त्री थापाले संविधान निर्माणमा केन्दि्रत हुनुपर्दा एवं संविधान जारी भएपतिको अघोषित नाकाबन्दीले निम्त्याएको समस्याका कारण सरकारले पुनर्निर्माण अघि बढाउन नसकेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment