Comments Add Comment

केन्यामा जलाइयो सय टन भन्दा धेरै हात्तीको दात

elaphent_teet_kenya१९ वैशाख, काठमाडौं । केन्यामा नौ टन भन्दा बढी हात्तीको दात जलाइएको छ । राष्ट्रपति उहुरु केन्यटाले अफ्रिकी हात्तीको रक्षाको लागि प्रतिवद्ध रहेको जनाएका थिए ।

केन्याको नैरोबी राष्ट्रय उद्यानमा जलाइएको करीब सय टन भन्दा धेरै हात्तीको दात जल्न केही दिन लाग्ने जनाइएको छ ।

६ सात सय भन्दा धेरै हात्तीको दात जलाइएको हो । राष्ट्रपति उहुरुले भने ‘कसैलाई पनि हात्तीको व्यापारबाट कुनै सम्बन्ध हुन हुदैन, किनकी हात्तीको दातको व्यपारको अर्थ हाम्रा देशहरुमा रहेको हात्तीकाो मृत्यु तथा हाम्रो प्राकृतिक विरासतको अन्त्य हुनेछ । ‘

केन्यामा अफ्रिकी हात्तीदातको अवैध व्यापार अन्त्य गर्नको लागि अफि्रकी देशका नेताहरुको बैठक बसेपछि हात्तीको दात जलाइएको बीबीसीले जनाएको छ ।

elephant_teeth_kenya3विशेषज्ञहरुले यस्ते अवस्था रहेमा एक दशकमा अफ्रिकामा हात्तीको अन्त्य निश्चि छ ।

अफ्रीकी हात्तीको दात जलाउने विषयको बैठकमा बोस्टवानाका राष्ट्रपति भने सहभागी भएनन् । जहाँ अफि्रकी हात्तीको करिब आधी संख्या पाइने गरिन्छ ।

हात्तीदात जलाउने विरोध गर्नेहरुले दुर्लभ चीज जलाउँदा यसको मूल्य अझ बढ्ने र अवैध शिकारमा वृद्धिहुने बताउर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment