Comments Add Comment

दुबइमा बन्दैछ बुर्ज खालिफाभन्दा अग्लो भवन

tallest-building2युएइको दुबइस्थित बुर्ज खालिफा विश्वको सबैभन्दा अग्लो भवन हो । तर दुबइ आफ्नो यो रेकर्ड आफैले तोड्न तम्सिएको छ । दुबइमा एउटा अर्को यस्तो भवन बनाइँदैछ जुन बुर्ज खालिफा भन्दा पनि अग्लो हुनेछ ।

दुबइलाई सपनाको सहर पनि भनिन्छ । यहाँ ती सबै चिज छन् जसले जो कोही मानिसालई आफुतर्फ आकषिर्त गर्दछन् ।

२७ सय १७ फिट अग्लो बुर्ज खालिफाको रेकर्ड तोड्ने भवन आइफिल टावरको आकारको हुनेछ । यसमा रिभल्भिंग बगैँचा तथा यस्तै घुम्ने बाल्कोनी लगायतका विशेष संचरना हुनेछन् ।

यो भवन बनाउन एक खर्ब रुपैयाँभन्दा बढि पर्नेछ । यो परम्परागत गगनचुम्बी जस्तो नभई पूर्णरुपमा अत्याधुनिक सुविधासहितको भवन हुनेछ ।

यो नयाँ भवनको नाम के राख्ने भन्ने तय भैसकेको छैन । तर यो भवन निर्माणको परियोजनाको नाम भने टावर प्रोजेक्ट राखिएको छ । यो भवनलाई स्पेनिस स्विस वास्तुकार सानटिएगो क्यालाट्रावा वाल्सले डिजाइन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment