Comments Add Comment

शुक्रकीट बारेमा केही रोचक तथ्यहरु

little swimmersप्रजनन क्षमताले परिपक्व मानिसले हरेक एक सेकेण्डमा १५ सय शुक्रकिट कोष उत्पादन गर्दछ । यस हिसाबमा विश्वभर रहेका साढे ३ अर्ब पुरुषले कुनै समयमा उत्पादन गरेको कुल शुक्रकिटको परिमाण साँच्चीकै निकै ठूलो हुँदो रहेछ ।

शुक्रकिट कोषको आकार ५० माइक्रोमिटर छ र नांगो आँखाले देख्न सकिँदैन । तर यो सुक्ष्म कोषिका निकै ठूलो क्षमताले युक्त छ ।

डाक्टरहरुका अनुसार प्रजनन सम्बन्धी ६० प्रतिशत मामिलाहरु शुक्रकिटको गुणस्तरसँग जोडिएका हुन्छन् भने गर्भ खेर जाने मध्ये ८५ प्रतिशत भूमिका पुरुषको शुक्रकिटको हुन्छ ।

पुरुषको शुक्रकिट बारेका केही अनौठा तथ्य यस्ता छन्:

  • शुक्रकिटले महिलामा डिप्रेसन हुनबाट रोक्दछ । अमेरिकाको न्यूयोर्क विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कण्डमको प्रयोग नगरीकन गरिएको सहवास वा मुखमैथुन गर्ने महिलामा डिप्रेसन हुने जोखिम कम हुन्छ । महिलाको सरीरमा पुरुषको शुक्रकिट छिर्दा यसले अक्जिटोसिन, प्रोस्टाग्लान्डिन्स र सेरोटोनिन हर्मोनको .उत्सर्जन बढाउँदछ । यसले महिलामा तनाव कम गर्न सहयोग गर्दछ ।
  • विर्यले प्रजनन क्षमता बढाउन सहयोग गर्दछ । विर्यको काम केवल शुक्रकिटलाई बोक्नु मात्र होइन यसले महिलामा प्रजनन क्षमता बढाउने तथा डिम्बको उत्पादन तथा डिम्बलाई बाहिर निकाल्न पनि उत्प्रेरित गर्दछ । विर्यमा हुने प्रोटिनले महिलामा विशेष हर्मोनको उत्सर्जन गर्न सहयोग गर्दछ जसले डिम्बासयबाट परिपक्व डिम्बलाई प्रजननका लागि बाहिर पठाउने काम गर्दछ ।
  • शुक्रकिट केही घण्टामै मर्दछन् । एक पटकको स्खलनमा महिलाको योनीभित्र ५० करोड सम्म शुक्रकिट छिरेका हुन्छन् । तर ती मध्ये अधिकांस एक घण्टा भित्र नै मर्दछन् । पाठेघरभित्र प्रवेश गरी डिम्बबाहिनी नलीसम्म पुग्न सफल हुने शुक्रकिटको संख्या केवल ५ देखि १० वटा मात्र हुन्छ र त्यसको आधाजसो मात्र डिम्बसँग जोडिन सक्दछन् अनि ती मध्ये एउटाले मात्र डिम्बसँग मिलन भएर भ्रुण बनाउँदछ ।
  • पकाउनमा पनि प्रयोग हुन थाल्यो विर्य । हुँदाहुँदा अब विर्यका परिकार समेत बन्न थालेका छन् । पाउल फोटी फोटेनहार नामक लेखकले विर्यका परिकारका विषयमा किताब नै निकालेका छन् । विर्यमा निकै धेरै प्रोटिन पाइने र यसको स्वाद समेत निकै उत्तम हुने उनको दाबी छ ।
  • छालाको लागि उपयोगी हुन्छ विर्य । यसमा जिंक, भिटामिन सी, पोस्टाग्लान्डिन्स, कोलाजेन तथा अनय खाले भिटामिनहरु पनि पाइन्छ । नर्वेको एक कम्पनीले विर्यबाटैै स्परमाइन नामक यौगिक निकालेर अनुहारमा लगाउने क्रिम बनाएको छ । यो तत्वयुक्त क्रिमले मानिसको अनुहारमा चाउरी पर्न कम गर्दछ ।
  • पहिलोपटक शुक्रकिट कहिले पत्ता लाग्यो होला ? सन् १६७७ मा । एन्टोनी भान लिविनहुकले आफैले बनाएको सुक्ष्मदर्शक यन्त्रबाट आफ्नै विर्य हेरेर शुक्रकिट कोष पत्ता लगाएका थिए । श्रीमतीसँग सम्भोग गरेको केही समयपछि उनले आफ्नो विर्य माइक्रोस्कोपमा हेरेका थिए ।

मीरर अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment