Comments Add Comment

ला लिगाको उपाधि होड रोमान्चकः एकै दिन तीन क्लब शीर्ष स्थानमा देखिए

Luis Suarez१९ वैशाख, काठमाडौं । स्पेनिस ला लिगाको उपाधि होड निकै रोमान्चक चरणमा छ । शनिबार राति एकै दिनमा उपाधि होडमा रहेका तीन वटै क्लब शीर्ष स्थानमा पुगे ।

तर, अन्तिममा बार्सिलोना लिग लिडर छ । १० खेलाडीमा सिमित रियल बाटिसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

यसअघि रियल सोसिडाडलाई १-० ले पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको थियो । उसका लागि ग्यारेथ बेलले ८० औं मिनेटमा गोल गरेका थिए ।

तर, यो धेरैबेर टिक्न सकेन । एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई १-० ले हरायो र शीर्ष स्थानमा उक्लियो  । उसका लागि ग्रिजम्यानले ५५ औं मिनेटमा गोल गरे ।

अहिले फेरि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा रियल बाटिस ३५ औं मिनेटमा नै १० खेलाडीमा सिमित भएको थियो ।

५० औं मिनेटमा राकिटिकले गोल गरे । खेलको ८१ औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

लिगमा अब तीन वटै क्लबले समान २-२ खेल्न बाँकी छ  । बार्सिलोना ३६ खेलबाट ८५ अंकका साथ शीर्ष स्थानमा छ ।

समान अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ८४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment