Comments Add Comment

सखेवा पर्व मनाउने क्रममा खुकुरी हानाहान, दुई घाइते

१९ वैशाख, भोजपुर । सखेवा पर्व मनाउने क्रममा स्थानीय युवाहरुबीच खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन् । भोजपुरको दोभानेमा शनिबार राति खुकुरी हानाहान भएको थियो ।

Khukuriदोभाने गाविसमा लाग्ने सखेवा पर्व मनाउनेक्रममा राति १० बजे भएको खुकुरी हानाहानबाट दोभाने २ का २८ वर्षीय उद्धव राई र सोही ठाँउका १६ वर्षीय शेखर राई घाइते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

राईको निधार र टाउकोमा तथा शेखरको दाहिने हातको चोरी औलामा काटिएको छ । घाइते दुबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न युवाहरु फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment