Comments Add Comment

सुरजसिंहको ‘जंगे’ शुक्रबार सामान्य, शनिबार केही उकालो लाग्यो

suraj sing thakuri
प्रतिक्षारत चलचित्र ‘जंगे’ले शुक्रबार गतिलो सुरुवात गरेन । चलचित्रको ट्रेलरले खुबै उचाई पाएपनि त्यो अनुसारको इनिसियल व्यापार शुक्रबार देखिएन । बलिउड चलचित्र ‘वाघी’ यसका लागि वाधक बनेको देखियो ।

तर, निर्माता सुसन प्रजापतिले दिएको जानकारी अनुसार यसले शनिबार व्यापारमा केही फड्को मारेको छ । काठमाण्डौका मल्टिप्लेक्समा केही शोहरु हाउफुल भए भने केही शोमा दर्शकको उपस्थिती उल्लेख थियो ।

सुसनले भने-‘हाम्रो चलचित्रले शुक्रबार व्यापार राम्रो गरेन । तर, शनिबार व्यापार उकालो लागेको छ । चलचित्र हेर्ने कसैले पनि नराम्रो भनेको सुनेको छैन । माउथ पब्लिसिटीले आइतबारबाट उकालो लाग्छ भन्ने विश्वास छ ।’

उत्कल थापाले निर्देशन गरेको यो चलचित्रलाई समिक्षकले राम्रो भनेका छन् । सुरजसिंह ठकुरी, ऋचा शर्मा, शिखा शाही, नरेश पौडेल चलचित्रका मुख्य कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment