Comments Add Comment

उपाधि सुनिश्चित गर्दै फिल्मी शैलीमा सिजन अन्त्य गर्ने लिसेस्टरको चाहना

Leicester

१९ वैशाख, काठमाडौं । लिसेस्टर सिटीका म्याजेनर क्लाउडियो रानिएरी ओल्डट्राफोर्डमा प्रिमियर लिगको उपाधि सुनिश्चित गर्दै फिल्मी शैलीमा सिजनको अन्त्य गर्न चाहन्छन् ।

आइतबार राति लिसेस्टरले म्यानचेष्टर युनाइटेडसँग खेल्देछ । यदि लिसेस्टर विजयी भयो भने लिगमा दुई खेल बाँकी छँदा नै प्रिमियर लिग च्याम्पियन बन्नेछ ।

यदि युनाइटेडलाई हराउन असफल बन्यो भने पनि बाँकी दुई खेलबाट ३ अंक मात्र चाहिन्छ । किनकी दोस्रो स्थानमा रहेको टोटनहृयाम अझै ७ अंकले पछाडि छ ।

‘अमेरिकन फिल्मको शैलीमा कथालाई अन्त्य गर्न जरुरी छ’ प्रशिक्षक रानिएरीले भनेका छन् ।

लिसेस्टर गत सिजन मुस्किलले रेलिगेशनबाट बचेको थियो । लिसेस्टरको सिंगो टिमको मूल्य ३० मिलियन पाउण्ड भन्दा कम छ । र, उसले सिजनको सुरुवातमा उपाधि जित्छ भनेर शायदै कसैले कल्पना गरेका थिए ।  तर, यो सिजन उसले जुन खेल खेल्यो, त्यो साच्चै प्रेरणादायी छ र इतिहास बनाएको छ ।

म्यानचेष्टर युनाइटेडका प्रशिक्षक लुइस भान हाल लिसेस्टरको उपाधि सेलिब्रेसन असफल बनाउने सक्ने अवस्थामा त छैनन् । उनी त्यसलाई रोक्ने रणनीतिमा छन् ।  उनले भने, मलाई लाग्छ हामीले उनीहरुलाई हराउनुपर्छ । किनकी हामी अझै शीर्ष चारको दौडमा छौं ।’ उनले अघि भने, हामी उनीहरुलाई यो साता ओल्डट्राफोर्डमा उपाधिको सेलिब्रेसन गर्न दिने छैनौं । मलाई लाग्छ, उनीहरु अर्को साता च्याम्पियन हुनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment