Comments Add Comment

विद्युत् चोरीमा सम्लग्न ५० पक्राउ

bijuli chori१९ वैशाख, महोत्तरी । नेपाल विद्युत् प्राधिकरण महोत्तरी जलेश्वर वितरण शाखाले ५० जना विद्युत् चुहावटकर्तालाई पक्राउ गरेको छ ।

महिनौँदेखि जिल्लाको विभिन्न गाउँ ठाउँमा विद्युत् चोरी गर्दै आएका ५० जना व्यक्तिलाई विद्युत् प्राधिकरणले पक्राउ गरेको नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वरका प्रमुख सूर्यनारायण मण्डलले बताए ।

उनले जिल्लामा विद्युत्को सप्लाई माग बमोजिम नै गरिरहेका बेला पनि उचित भोल्टेज नपुगेको तथा सर्वसाधारणलाई निकै समस्या भएको गुनासो आएपछि गाउँ गाउँमा गरेको छापामारीबाट ५० जना विद्युत् चोर समातिएको बताए ।

विद्युत् प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरी सहयोगमा ५० जना विद्युत् चोरलाई पक्राउ गर्न सफल भएको कार्यालय प्रमुख मण्डलले उल्लेख गरे ।

साथै विद्युत् चुहावट गर्नेहरुका घर घरबाट दुई दर्जन बढी पानी तान्ने मोटर र विभिन्न विद्युतीय सामग्री पनि नियन्त्रणमा लिइएको छ ।

यसका साथै पक्राउ परेका सबैसँग जनही रु पाँच÷पाँच हजारका दरले जरिवानासमेत लिइएको नेपाल विद्युत् प्राधिकरण शाखा जलेश्वरले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment