Comments Add Comment

कलेजमा राजनीति गर्न नदिएको भन्दै माओवादीद्वारा बस तोडफोड

१९ वैशाख, नवलपरासी । कलेजमा राजनीति गर्न नदिएको भन्दै नवलपरासीको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको बस विप्लव माओवादीका कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।

Bus-Todfod

कावासोतीमा विद्यार्थी लिन आएको कलेजको ना १ क ३८०६ नम्बरको बस कावासोती नगरपालिका- १६ डण्डामा अखिल क्रान्तिकारीले तोडफोड गरेको हो ।

बसको अगाडि र दायाँ भागको सिसा तथा झ्यालका सिसाहरु तोडफोड भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नम्बर नखुलेको मोटरसाइकलमा आएका चार-पाँच जना विप्लव माओवादीका विद्यार्थीहरुको समूहले बस तोडफोड गरेर भागेको स्थानीयले बताएका छन् ।

अखिल क्रान्तिकारीका जिल्ला संयोजक शिव डुम्रेले कलेजको बस आफूहरुले तोडफोड गरेको भन्दै घटनाको जिम्मा लिएका छन् । सम्बन्धन प्राप्त नगरेको विषय र तहमा पनि विद्यार्थीहरुलाई झुक्याएर भर्ना लिने गरेको, कलेज छेउँका सुकुम्वासीहरुलाई डर धम्की  दिने गरेको, सरकारले तोकेको भन्दा बढी शूल्क लिने गरेको र विद्यार्थी संगठनहरुलाई कलेजमा राजनीति गर्न नदिएको कारण तोडफोड गरेको उनले बताए ।

साथै तोडफोड भएको स्थानमा विभिन्न ८ बुँदे माग सहितको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment