Comments Add Comment

हिमाल हेर्दै रमाउन कास्कीको हिमालय देउराली रिसोर्ट

Himalaya-Deurali-Reshort-3
१९ वैशाख, काठमाडौं । वरिपरी हरियाली जंगल, उत्तरतर्फ आँखै अगाडि सेता हिमालहरु, दक्षिणतर्फ सुन्दर ताल । नजिकै मनमोहक गुरुङ बस्ती पनि । यो कुनै स्वर्गको कथा होइन । कास्कीको नौ डाँडामा अवस्थित हिमालय देउराली रिसोर्टबाट देखिने दृश्यहरु हुन् ।

प्राकृतिक सुन्दरतामा रमाउनेहरुका लागि नौ डाँडा उत्तम गन्तव्य हो । यही डाँडामा ३३० रोपनी क्षेत्रफलमा फैलिएको छ, हिमालय देउराली रिसोर्ट । रिसोर्टको रुमबाट एकातिर कोल्टो फर्किंदा हिमालहरु देखिन्छन्, अर्कोतिर कोल्टो फर्कियो भने फेवाताल देखिन्छ ।

स्थानिय गणेशमान गुरुङले साढे तीन वर्षअघि हिमालय देउराली रिसोर्ट सञ्चालन गरेका हुन् । यो रिसोर्टबाट माछापुच्छ्रे हिमाल १० किलोमिटर एरोनेटिकल दुरीमा पर्छ । पोखरा शहर १२ किलोमिटर दुरीमा । तर, सडकबाट रिसोर्टमा पुग्न २० किलोमिटर दुरी पार गर्नुपर्छ ।

Himalaya-Deurali-Reshort-5

रिसोर्टमा गुरुङ कला झल्किने खालका ६ वटा कटेजहरु छन् । हरेक कटेजमा चारवटा रुमहरु बनाइएको छ । रिसोर्टमा १२ वटा डिलक्सर १२ वटा सुपर डिलक्स गरी २४ रुमहरु रहेका छन् । जग्गाबाहेक यो रिसोर्ट बनाउन ५ करोड रुपैयाँ लगानी भएको सञ्चालक गुरुङ बताउँछन् ।

रिसोर्टमा विदेशी पर्यटकका लागि डिलक्स रुमहरु ७० देखि ९० डलर र सुपर डिलक्स रुमहरु ८० देखि १०० डलर पर्ने गुरुङले बताए । तर, नेपालीलाई भने डिलक्स रुम ३ हजार र सुपर डिलक्स ३५ सय रुपैयाँ दिइरहेको उनी बताउँछन् ।

रिसोर्टबाट माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण एकदेखि चारसम्म, अन्नपूर्ण साउथ, मोर्दी हिमाल, लमजुङ हिमाल, मनास्लु, गौरीशंकर, हिमचुली लगायतका हिमालहरु देखिन्छन् । यो रिसोर्टबाट सूर्योदय र सूर्यास्त राम्रोसँग देख्न सकिन्छ ।

‘हिमालय देउराली १६ मिटर उचाईमा घना जंगलको टापुमा छ, यहाँबाट बोथ साइड भ्यू देखिन्छ’ सञ्चालक गुरुङले भने- ‘एकातिर हिमालहरु देखिन्छन भने अर्कोतिर फेवाताल, पहाडका बस्तीहरु, गुरुङ गाउँहरु देखिन्छ ।’

Himalaya-Deurali-Reshort-2

सम्पूर्ण नेपाल हेर्न र बुझ्नका लागि नौ डाँडा काफी रहेको गुरुङको दाबी छ । यहाँबाट नेपाली कला, संस्कृति र प्राकृतिक विविधता देखिन्छ । मोटरबाटो नहुँदा नौ डाँडा अन्नपूर्ण, घान्द्रुक, मुक्तिनाथ ट्रेकिङको गेट वे थियो । पर्यटकको पदयात्रा यहीँबाट सुरु हुन्थ्यो र पदयात्रा यहीँ फर्किएपछि समापन हुन्थ्यो ।

अहिले पनि नौ डाँडा छोटो पदयात्राका लागि चर्चित नै रहेको छ । यहाँ पुगेपछि जस्तोसुकै थकान र पिडा बिर्सिने गुरुङ बताउँछन् । सुविधा सम्पन्न रिसोर्टमा बसेर हिमालहरु हेर्नका लागि पर्यटक आउने गरेको उनले बताए । यो रिसोर्टमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी आउने गर्छन् ।

गुरुङका अनुसार रिसोर्टमा आउने पाहुनामध्ये विदेशी ९० प्रतिशत र स्वदेशी १० प्रतिशतको हाराहारीमा हुने गर्छन् ।   रिसोर्टमा रिसोर्टमा दुईवटा रेष्टुरेन्ट र १५० जना अटाउ सक्ने सेमिनार हल छन् । यहाँ बढी ग्राहक चाइनिज र अन्य मुलुकका आउने गर्छन् ।Himalaya-Deurali-Reshort-7

Himalaya-Deurali-Reshort-6  Himalaya-Deurali-Reshort-4 Himalaya-Deurali-Reshort-Ka Himalaya-Deurali-Reshort-NaMachhapuchre-Himal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment