Comments Add Comment

गीत कर्णप्रिय छ ‘किन गरे माया’को

kina gare maya
संगीतकार बसन्त सापकोटाले केही बर्ष अगाडि चलचित्र ‘औजार’का लागि एउटा गीत तयार पारेका थिए । दिलकुमार प्यासी निर्माता रहेको सो चलचित्रलाई योगेश घिमिरेले निर्देशन पनि गरेका थिए । तर, चलचित्रको छायांकन नै पूर्ण भएन र यो रिलिज भएन ।

‘औजार’का लागि समावेश गरिएको गीतलाइ अहिले निर्माता दिल कुमार प्यासीले आफ्नो नयाँ चलचित्र ‘किन गरे माया’मा राखेका छन् । राजेशपाल राइको स्वर रहेको ‘तिमी मेरो जिन्दगीको’ बोलको गीतमा बसन्तको शब्द तथा संगीत छ । गीत हरेक दृष्टिकोणले उत्कृष्ट बनेको छ ।

हीरालाल घलानको निर्माणमा तयार भएको यो चलचित्रमा आयुष रेग्मी, सन्जु सिलवाल, सरु घलान, हरिस तिमिल्सिना, सुष्मा कार्की, रश्मी भट्ट, दिलकुमार प्यासीको अभिनय छ ।
रमेश बोगटीले निर्देशन गरेको यो चलचित्रमा दिल कुमारकै कथा छ । यो चलचित्र जेठ १४ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment