Comments Add Comment

तीस प्रतिशतले बढ्यो औषधि आयात

१९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १९ अर्ब २३ करोड रुपैयाँ बराबरको औषधि आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो ।

Drugsआर्थिक वर्ष २०७१/०७२ को पहिलो आठ महिनामा १३ अर्ब ६१ करोडको औषधि आयात गरिएको थियो । चालु आर्थिक वर्षमा तेस्रो मुलुकबाट औषधिको आयात हृवात्तै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

गत आवको आठ महिनामा तेस्रो मुलुकबाट एक अर्ब ९४ करोड रुपैयाँ बराबरको औषधि आयात गरिएकोमा चालु आवको सोही अवधिमा ७ अर्ब २६ करोड रुपैयाँको औषधि आयात भएको छ ।

चीनबाट हुँदै आएको औषधिको आयात भने केही घटेको छ । अघिल्लो वर्ष २७ करोडको औषधि चीनबाट आयात गरिएकोमा यस वर्ष २५ करोडको मात्र आयात गरिएको छ ।

यस अवधिमा भारतबाट भने औषधिको आयात ४० करोडले बढेको देखिन्छ । अघिल्लो वर्ष ११ अर्ब ३८ करोडको औषधि भारतबाट आयात गरिएकोमा यस वर्ष ११ अर्ब ७१ करोडको औषधि आयात गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment