Comments Add Comment

खडेरीले ओइलाउन थाल्यो बाली

१९ वैशाख, काठमाडौं । लामो समयसम्म पानी नपरेका कारण कास्की र यस आसपासका जिल्लामा मकै र तरकारी बाली ओइलाउन थालेपछि यस क्षेत्रका कृषक समस्यामा परेका छन् ।
खडेरी पर्ने क्रम बढ्दै गएपछि कास्कीको लेखनाथ, हेमजा, लामाचौर, बाटुलेचौर, भलामलगायत स्थानका साथै कास्की आसपासका जिल्लामा पनि कृषकले लगाएको बाली सुक्दै गएको छ ।
जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश कोइरालाका अनुसार खडेरीका कारण तरकारीखेतीमा ठूलो मार परेको छ भने मकै पनि ओइलाउँदै गएको छ ।
यसअघि असिना पानीको मारमा परेका कास्कीका कृषक पछिल्ला दिनमा खडेरीका कारण समस्यामा परेको उनले बताए ।
खडेरीले लहरे तरकारी बालीलाई धेरै असर पार्ने जानकारी गराउँदै कोइरालाले केही दिनभित्रमा पानी परेको अवस्थामा भने मकैखेतीमा खासै असर नपर्ने बताए ।
विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिवर्तनका कारण पानी पर्न नसकेको पश्चिमाञ्चल हावापानी कार्यालयका प्रमुख राजाराम ढकालले बताए ।
‘वर्तमान समय पूर्व मनसुनको समय भएका कारण धेरै पानी त पर्दैन’ उनले भने- ‘यही अप्रिल महिनामा पोखरामा सालाखाला १२८ मिलीलिटर पानी पर्नुपर्ने भए पनि यसपटक १७ मिलीलिटरमात्र पानी परेको छ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment