Comments Add Comment

अपर मादी जलविद्युतको काम ८५ प्रतिशत सम्पन्न

Uper-Madi-Hydropower
१९ वैशाख, काठमाडौं । कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन अपर मादी जलविद्युत आयोजनाको काम ८५ प्रतिशत सकिएको छ ।
आयोजनाको काम अहिले द्रुतगतिमा अघि बढेको र यही रफ्तारमा काम भयो भने मङ्सिर महिनासम्ममा काम सकेर विद्युत उत्पादन गर्न सकिने आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिए । आयोजनाको चार हजार दुर्इ मिटर लामो सुरुङ खनिसकिएको र अहिले सुरुङमा दुईवटा टर्वाइन राख्ने काम भइरहेको छ ।
आयोजनाको विद्युत् प्रसारण लाइन जोड्ने ३२ वटा टावरमध्ये २० वटा निर्माण गरिसकिएको छ भने बाँकी १२ वटाको पनि दुई महिनाभित्रमा निर्माण सक्ने लक्ष्य राखिएको छ। जलविद्युत आयोजनाको विद्युत् उत्पादनगृह, बाँध निर्माण, सुरुङको कङ्क्रिट लाइनिङको काम पनि अन्तिम चरणमा पुगेको छ ।
पच्चिस मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्न करिब रु पाँच अर्ब २८ करोड खर्च भएको छ । चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत र आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशतको लगानीमा विसं २०६९ को पुस महिनादेखि आयोजनाको काम सुरु गरिएको थियो ।
सो गाविसको वडा नं ९ अन्तर्गत पर्ने बाहुनडाँडाको गहिरीखेतीमा आयोजनाको विद्युत्गृह निर्माण गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment