Comments Add Comment

गजब छः अनुपविक्रम ब्रेकअप भयो भन्ने, मलिना कहिले थियो प्रेम भन्ने ?

malina joshi
नायक अनुप विक्रम शाही र नायिका मलिना जोशीको प्रेम थियो भन्ने त सबैलाई थाहा छ । अनुप र मलिना एकसाथ कार्यक्रममा प्रेमी-प्रेमिका भन्दै नहिडेका पनि होइनन् । तर, गतबर्ष चलचित्र ‘ठमेल डट कम’ चल्ने बेलामा अनुप र मलिनाको व्रेकअप भयो भन्ने समाचार फैलिएको थियो । श्रोतका अनुसार सो हल्ला अनुप आफैले चलाएका थिए । मलिना अमेरिका पुगेर नफर्किएपछि अनुपले यो चर्चा चलाएको वुझिन्छ । अनुपको चलचित्र चलाउने फन्डा पनि थियो त्यो ।

तर, आज आयोजित एक कार्यक्रममा भने मलिनाले यो कुरा अस्विकार गरिन् । उनले ‘मैले कहिले अनुप र म विच प्रेम थियो भनेर मिडियासँग भनेको छु र’ भनिन् । मलिनाले प्रेमको बिषयमा बोल्न नै चाहिनन् । उनले आफूले प्रेम भएको कुरा नै कहिले नगरेको भन्दै ब्रेकअपको बिषयमा पनि बोल्न आवश्यक नभएको भनिन् ।

मलिना र अनुपको कुरा गजबकै छ । अनुप मलिनासँग प्रेम छुटेको कुरा गर्दै हिडेका छन् भने मलिना मेरो प्रेम नै कहिले भएको थियो र भन्दै हिडेकी छिन् । तर, यी दुइलाई एकसाथ सडकमा हिड्दै गरेको देख्नेको पनि यहाँ कमी छैन । मिडियासँग प्रेम छैन भनेर लुकाउन त सकिएला तर प्रत्यक्ष देख्नेहरुलाई कसरी झुक्याउने मलिना जी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment