Comments Add Comment

ओबामाको डिनरमा खुलेकी प्रियंका

priyanka in obama party
भारत भ्रमणमा आउँदा अमेरिकाका राष्ट्रपति बाराक ओबामाले बलिउड नायक साहरुख खानको नाम लिदै उनले चलचित्रमा बोलेको संवाद बोलेका थिए । साहरुख, म्यारी कोम, मिल्खा सिंह जस्ता व्यक्तिमाथि गर्व गर्नुपर्ने ओबामाको भनाई थियो ।

उनै, ओबामाको लिस्टमा अब अर्की बलिउड नायिका पनि परेकी छिन् । हलिउड यात्रामा दौडिएकी नायिका  प्रियंका चोपडा ओबामाले आयोजना गरेको डिनर पार्टीमा सहभागी भएकी छिन् ।
ह्वाइट हाउसमा आयोजित डिनर पार्टीमा  प्रियंका उपस्थित भइन् । उनले ओबामा र पत्नीको साथमा डिनर गरिन् र तस्बिर पनि खिचाइन् । ओबामाको यो अन्तिम ह्वाइट हाउस डिनर हो । हरेक बर्ष अमेरिकाका राष्ट्रपतिले यो रात्री भोजको आयोजना गर्दै आएका छन् ।

यो रात्री भोजमा हलिउडका चर्चित सेलिब्रेटी पनि उपस्थित थिए । हलिउड गायिका, टेलिभिजनमा सुखद यात्रा गर्दै प्रियंकाले चलचित्रसम्म खेलिसकेकी छिन् । जसकाकारण उनको चर्चा अहिले बलिउडसँगै हलिउडमा पनि खुबै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment