Comments Add Comment

जग्गा कीर्ते गरी किनबेच गर्ने पक्राउ

Ratna-Kumari-Lama-and-Sharad-Shresth

१९ वैशाख, इटहरी । लाखौ रुपैयाँ पर्ने जग्गा किर्ते गरी किनबेच गरेको आरोपमा मोरङबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौ ९ सिनामंगल घर भई मोरङको सुन्दरदुलारी ६ मा बस्दै आएका शरद श्रेष्ठ र निजगढ ६ बाराकी रत्नकुमारी लामा छन् ।

लामा र श्रेष्ठको संलग्नतामा मोरङको तेतरिया गाविस-६ मा रहेको ८ कठ्ठा १३ धुर र ३ कठ्ठा ६ धुर जग्गा जालसाजि गरी किनबेच भएको थियो । उनीहरुले सुन्दरदुलारी ६ की टंनीदेवी चौधरीको नाममा रहेको उक्त जग्गा खालि चेक दिएर आफ्नो नाममा पार्न सफल भएका थिए ।

किनिसकेको जग्गासमेत विराटनगर बस्ने राजविराज सप्तरीका अनिल सिंहलाई बेचिसकिएको थियो । चलन चल्तिका भाउमा उक्त जग्गा करिव ६० लाख पर्छ ।

आफूलाई एक पैसा नदिई आफ्नो जग्गा अरुको नाममा रहेको पत्ता पाएपछि चौधरीले स्थानियको सहयोगमा प्रहरी गुहारेकी थिइन् ।

बेलवारी प्रहरीको सक्रियतामा विभिन्न स्थानबाट पक्राउ परेका श्रेष्ठ र लामालाई म्याद थप गरी कारबाहीका लागि मुद्दा अघि बढाइएको बेलवारी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मेघराज थापाले बताए ।

उनका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट विभिन्न स्थानका जग्गाको नक्सा, पुर्जा, स्ट्याम प्याड लागायतका सामाग्री समेत बरामद भएको छ । अन्य ठगीका घटनामा समेत संलग्न भएको हुनसक्ने भन्दै उनीहरुलाई थप अनुसन्धानमा राखिएको निरीक्षक थापाले बताए ।

श्रृंखलाबद्ध चोरीमा संलग्न पक्राउ

Chor-Pakrau

त्यस्तै पूर्वको इटहरी, दुलारी, बेलवारी लगाएतका स्थानमा योजनावद्ध तरिकाले चोरी गर्ने दुई युवालाई चोरी गरिएका सामान सहित बेलवारी प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । पक्राउ पर्नेमा पोखराका गंगा आलेमगर र मोरङ गोठगाउँका विजय खत्री छन् ।

उनीहरुको साथबाट तीन तोला सुनका गहना, ३ थान एलइडि टिभि, २ थान स्कुटर, २ थान डिभिडि, ८ तोला चाँदीका गहना लगाएत विभिन्न इलेक्ट्रोनिक्स सामानहरु प्रहरीले बरामद गरेको छ  ।

पक्राउद्वय आलेमगर र खत्री केहि समय अघि मात्र विभिन्न मुद्दामा जेल परेर छुटेका थिए । जेलमा सँगै रहेका उनीहरुले जेल भित्रै सँगै चोरी गर्ने योजना बनाएको र सोहि योजना अनुसार पूर्वका विभिन्न स्थानमा चोरी गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक मेघराज थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment