Comments Add Comment

मिरा राई इंग्ल्याण्डको ‘थ्री पिक्स’ रेसमा उपविजेता

Mira-Rai

१९ वैशाख, काठमाडौं । नेपाली अल्ट्रा धाविका मिरा राईले यस बर्षको पहिलो प्रतियोगिता थ्री पिक्स रेसको उपबिजेता बनेकी छन् ।

शनिबार इंग्ल्याण्डमा सम्पन्न २३ माइल अर्थात ३७.४ किलोमिटरको दौडमा नेपाली चेली मिराले दोस्रो स्थान हासिल गरेकी हुन ।

उच्च पहाडी क्षेत्रको अधिकांश हिउँ र आइस भएको स्थानमा भएको दौडमा मिराले सबै प्रतिस्पर्धीलाई पछि पारेपनि घरेलु खेलाडी ३७ बर्षीया भिक्टोरिया विलकिन्सनसँग भने ९ मिनेट ८ सेकेण्डले पछि परिन् ।

भिक्टोरियाले निर्धारित दूरी ३ घण्टा २६ मिनेट ४७ सेकेण्डमा पूरा गरेकी थिइन् भने मिराले सोही दूरी पूरा गर्न ३ घण्टा, ३५ मिनेट ५५ सेकेण्ड लगाइन् ।

प्रतियोगिताको पुरुषतर्फको उपाधि भने स्वीस खेलाडी लुयन्स्टेइनले जितेका छन् । ३५ बर्षीय स्वीस डेन्टिस मार्कले निर्धारित दूरी २ घण्टा ४८ मिनेट ५८ सेकेण्डमा पूरा गरे ।

अल्ट्रा स्काई म्याराथन वल्र्ड सिरिज २०१५ की उपविजेता मीरा राईले थ्री पिक्स रेसमा दोस्रो स्थान हासिल गर्दै नयाँ सिजनकोसुरुवात गरेकी हुन् ।

पूर्व माओवादी लडाकु भोजपुरकी २७ बर्षीया उनको सिजनको पहिलो रेस भएपनि ‘थ्री पिक्स’ अल्ट्रा स्काई म्याराथन वलर्ड सिरिज २०१६ अन्तर्गतको प्रतियोगिता भने होइन ।

विश्व च्याम्पियन बन्ने लक्ष्य लिएकी उनले यसपाली सिरिज अन्र्गतका ७ मे मा ७५ किलोमिटरको ट्रान्स-भुल्कानिया (स्पेन), ४ जुनमा ५५ किलोमिटरको अल्ट्रा स्काइम्याराथन (पोर्चुगल) र २४ सेप्टेम्बरमा १ सय १० किलोमिटरको अल्ट्रा पिरिनेउ (स्पेन) दौडनेछन् । उनी २२ जुनमा स्पेनमा हुने १ सय ५ किलोमिटरको ‘बुफ इपिक’मा पनि सहभागी हुनेछिन् ।

तस्वीरः मिरा रार्इको फेसवुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment