Comments Add Comment

आर्मीलाई हराउँदै एपीएफ शीर्ष स्थानमा उक्लियो

Aemy-Vs-APF

१९ वैशाख, काठमाडौं । राष्ट्रिय महिला फुटबलको सुपर लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल आर्मीलाई पराजित गरेको छ ।

आइतबार भएको दुई विभागीय टोलीको भिडन्तमा एपीएफले आर्मीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले आठौं मिनेटमा सविता भण्डारीको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा आर्मीकी पूजा लामाले गोल गरिन् र पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो ।

तर, दोस्रो हाफको ७० औं मिनेटमा सविताले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै एपीएफदाई जिताइन् ।

जितपछि एपीएफ ३ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । आर्मीको पनि समान ६ अंक नै छ तर, गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको पुलिस ३ अंकसहित तेस्रो र पूवाञ्चल अंकबिहीन रहेर चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment