Comments Add Comment

दमौलीमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको शाखा

chiranjibi-nepal
१९ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि तनहुँको दमौलीमा नयाँ शाखा बिस्तार गरेको छ । ९० अाैं शाखाको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले उद्धघाटन गरे ।

शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले तनहुँमा धेरै पहिलेदेखि बैंकको आवश्यकता महसुस भएको कारण बैंकले आफ्नो शाखा बिस्तार गरेको बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बैंकले दिँदै आएको सेेवा सुविधाबारे प्रकाश पारेका थिए । दमौलीमा खोलिएको नयाँ शाखासँगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९० पुगेको छ ।

chiranjibi-nepal-2
बैंकले बिभिन्न स्थानमा शाखा कार्यालय, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत सेवा दिइरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवा तथा अष्टे्रलिया, मलेसिया, भारत, जापान, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दे आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment